भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
काठमाडौं, २६ साउन । राष्ट्रवादी भनेर कहलिएका प्रधानमन्त्री केपी शर्मा ओलीका नराम्रा पाटाहरु एकपछि अर्कोगरी बाहिर आउने क्रममा छन् ।
तारे होटलमा मोजमस्ती र नास्ताखाजाको विलदेखि नेता कार्यकर्तालाई बाँढेको राज्यको ढुकुटीसम्मको हिसाब किताब सार्वजनिक हुने क्रमसँगै एउटा अर्को घटना बाहिर आएको छ ।
अफगानिस्तानमा मारिएका नेपालीलाई ल्याउनका लागी चार्टर गरिएको नेपाल एयरलाइन्सको बिल भुक्तानि नगरिएको र वक्र्यौता बाँकी रहेको खुल्न आएको हो ।
उतिबेला मृतक नेपालीहरुलाई लिनका लागी जहाज चार्टर गरेर पहल लिएको भन्दै वाहावाही बटुलेका ओलीले एयरलाईन्सलाई तिर्नुपर्ने रकम भने नतिरेर, आदित्य फाउण्डेशन, झलनाथ खनाल कोषमा रकम दिएका रहेछन् ।
एयरलाईन्स सम्बद्ध एक कर्मचारीका अनुसार रकम भूक्तानिका लागी पटकपटक कोषिश गर्दा समेत भूक्तानि गर्न ओली सरकारले आलटाल गरिरहेको थियो । उनले भने,–‘९१ लाख रुपैया एयरलाईन्सले भुक्तानि पाउन बाँकी छ ।’
उनका अनुसार पटकपटक भूत्तानिका लागी धाउँदा समेत ओली सरकारले वेवास्ता गरेको थियो ।
२ करोड भन्दा बढी ओली सरकारका मन्त्रीहरुको भ्रमण खर्च गरेको यसअघि नै सार्वजनिक भइसकेको छ भने प्रधानमन्त्री कार्यालयले ९ महिनामा झण्डै ८० लाखभन्दा बढी रकमको खाजा नास्ता खर्च सार्वजनिक भइसकेको छ भने बाँकी खर्च सार्वजनिक हुन बाँकी छ ।
यि सबै खर्च फजुल खर्च रकमको भूत्तानी भने उनले बाँकी नै राखेका थिए । अहिले प्रचण्ड नेतृत्वको सरकार ओली सरकारको वक्र्यौता भूक्तानि गर्दै हैरानमा परेको बालुवाटार स्रोत बताउँछ । साथै आफगानिस्तानबाट नेपाली मृतकहरुलाई ल्याउँदा लागेको खर्चको ९१ लाख वक्र्यौता रकम तिर्न प्रचण्ड नेतृत्वको सरकारले तयारी गरिरहको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment