भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

भूलेर पनि नखानुस महिनावारीको समयमा यी ६ चिज ,
महिनावारीको गडवडी र महिनावारीको समयमा हुने
अस्वस्थ्ता महिलाहरुको प्रमुख समस्या हो । तर धेरै
महिलाहरुलाई थाहा नहुन सक्छ कि महिनावारीको
अनियमितता , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा
हामीले खाने खानेकुराको पनि भूमिका हुन्छ । त्यसैले
महिनावारीको समयमा तपाइको शरिरलाई हानी गर्ने
यी खानेकुराबाट जोगिनुस र हरेक महिना झेल्दै आउनु
भएको समस्याबाट केही मात्रामा भएपनि पार पाउनुहोस
। त्यसका लागि यी खानेकुराहरु महिनावारीको
समयमा भूलेर पनि नखानुस ।
१.कफी : महिनावारी नियमित नहुने समस्या छ भने कफि
नपिउनु राम्रो हुन्छ ।कफिले महिनावारीको नियमित
चक्रमा प्रभाव पार्छ । कफिमा पाइने क्याफिन यसको
कारक तत्व हो ।
२. बोसो युक्त मासुहरु : महिनावारीको समयमा पोल्ने,
चिडचिडापन महसुस हुने समस्या छ भने मासु खाँदै नखानु
राम्रो हुन्छ । मासु खानै पर्ने अवस्थामा कम बोसो भएका
वा माछा जन्य खानेकुरा खानु उपयुक्त हुन्छ ।
३. प्याकिङ गरिएका खानेकुरा : महिनावारी भएको
समयमा बजारमा पाइने प्याकिङ गरिएका खानेकुरा जस्तै
केक, पाउरोटी, क्रिम रोल आदि नखादा स्वास्थ्यलाई
फाइदा पुग्छ । यी खानेकुराको सट्टामा फाइबरको मात्र
बढी भएको रोटि खाने गर्नु उत्तम हुन्छ ।
४. चिनीजन्य खानेकुरा : महिनावारीको समयमा केक
कुकिज क्यान्डी जस्ता चिनीजन्य खानेकुरा कम खानु
पर्छ। गुलियो पदार्थ नै खाने इच्छा भयो भने फलफूल खानु
उपयुक्त हुन्छ । चिनीको मात्र बढी भएका खानेकुराले
महिनावारी चक्रमा समेत प्रभाव पर्ने गर्छ । दुखाई बढ्नुका
साथै, लामो समय पिडा दिन सक्ने हुन्छ । ५.आइसक्रिम :
क्रिम र चिज डेरी उत्पादन सबैलाई मन पर्छ । मन पर्ने कुरा
छोड्ने चाहना कसलाई हुन्छ र आइसक्रिम, क्रिम र चिज
जस्ता डेरी उत्पादनमा हुने चिल्लो पदार्थ
महिनावारीको समयमा खादै नखानु वा कम खानु राम्रो
हुन्छ। अधिक मात्रामा चिनी पाइने खानेकुरा
फाइदाजनक नहुन सक्छन।
६.प्रशोधन गरिएका खानेकुराहरु : सजिलो र सुविधाजनक
भएता पनि महिनावारीका समयमा स्वादकै निम्ति भनेर
प्याकेटमा राखिएका प्रोशोधित खानेकुरा जस्तै चिप्स,
चीजबल्स आदि खानु उपयुक्त हुँदैन ।यस्ता खानेकुरा मध्ये
पनि अधिकमात्रामा नुनको प्रयोग भएको छ भने त्यसबाट
टाढा रहनुहोस । साथै सोडियमको मात्रा बढी भएको
खाना पनि महिनावारीको समयमा कम खानु उपयुक्त
हुन्छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top