भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन २६ – युइएफए सुपर कपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडले युरोपा लिग च्याम्पियन सेभिल्लालाई ३–२ ले हराएर सुपर कपको उपाधि जितेको हो । निर्धारित ९० मिनेटमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । मंगलबार राति नर्बेमा भएको खेलमा २१ औं मिनेटमा मार्को एसानसिओले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । ४१ औं मिनेटमा सेभिल्लाका फ्रान्को भाजक्वेजले गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो । ७२ औं मिनेटमा पाएको पेनाल्टीमा यभिन कोनोप्लेयन्काले गोल गरेपछि सेभिल्लाले २–१ को अग्रता लियो । तर इन्जुरी समयमा रियल मड्रिडका सर्जियो रामोसले गोल गर्दै २–२ को अवस्थामा ल्याएर अतिरिक्त समयमा खेल धकेलियो । कोलोडेज्याक इन्जुरी सयममा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भयो । अतिरिक्त समयको अन्तिममा डिफेन्डर डानी कारभाहालले गोल गर्दै रियल मड्रिडलाई उपाधि दिलाए । यसअघि रियल मड्रिडले सन् २०१४ मा सेभिल्लालाई २–० ले हराएर सुपर कपको उपाधि जितेको थियो । रियलले अहिलेसम्म तीन पदक सुपर कपको उपाधि जितेको छ । यो खेलका लागि रियलको टिममा क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, टोनी क्रस र पेपे थिएनन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top