भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
मुम्बई । आगामी चलचित्र ‘ट्युबलाइट’ मा सलमान खानलाई आफूभन्दा १८ वर्ष कान्छी चिनियाँ नायिकासँग रोमान्स गर्दै गरेको देखिने भएको छ । ३२ वर्षीया चिनियाँ नायिका झु–झुले बलिवुडमा डेब्यु गर्न लागेकी हुन् । झु चीनमा मात्र नभएर विश्वभर नै चर्चित छिन् । उनले ‘विमेन व्हाट’, ‘शांघाई किलिङ’, ‘द म्यान विथ आइरन फिस्ट’, ‘लास्ट फाइट’ लगायत कयौं अन्तर्राष्ट्रिय चलचित्रमा काम गरिसकेकी छिन् ।
‘ट्युबलाइट’ का लागि दीपिका पाडुकोनदेखि कटरिना कैफ लगायत धेरै बलिउडकी नायिकाको नाम आएको थियो । तर, निर्देशक कबिर खानलाई कथाको हिसाबले चिनियाँ नायिका नै चाहिएको थियो ।
यो चलचित्र सन् १९६२ को चीन र भारतबीच भएको युद्धको समयमा आधारित छ । जसमा सलमान र झु–झु बीचको प्रेममा आधारित रहनेछ।भारतीय मिडियाका अनुसार झु–झु गत अगस्त ३ देखि भारतमा नै छिन् । हिन्दीको प्रशिक्षण लिए पछि उनी ७ अगस्तमा सुटिङका लागि लद्दाख पुगेकी छिन् । मंगलबारदेखि चलचित्रको सुटिङ पनि शुरु भइसकेको छ । यो चलचित्र आगामी वर्ष ईदमा रिलिज गरिने तयारी गरिएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment