भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
काठमाडौं (शेर्पाखबर) । पत्रकार प्रेम बाँनिया विरुद्ध शेर्पा समुदायले कडा आलोचना गरेका छन् । ‘खादाका कारण बार्षिक करोडौं रकम विदेसिँदै’ शिर्षकमा पावरन्यूज प्रसारण गरेपछि बाँनिया आलोचनाको शिकार बनेका हुन् । तत्कालिन प्रधानमन्त्री केपी ओलीसम्मको ‘वाइट’ राखेर बाँनियाले पावरन्यूज मार्फत ‘खादा संस्कृतीको चिरफार’ गरेका थिए । कार्यक्रमका विषयमा विभिन्न टिकाटिप्पणी र बौद्ध संस्कृतीमाथिको ठाडो प्रहर भएको भनेर आपती समेत जनाउँदै आएका छन् । खतकलाई खादा उच्चरण गरेर गतल नियतले सामाग्री प्रसारण गरेको समेत बाँनियामाथि आरोप छ । न्यूज२४ टिभीमार्फत चर्चामा रहेको पत्रकार बाँनियाको यो सामग्री प्रशारणसँगै समुदायले उनीप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन भएको जनाउँछन् । उनी यतिवेला शेर्पा समुदायको मात्रै होइन बौद्धमार्गीहरुका अगाडी आलोचानका पात्रको रुपमा कहलिएका छन् । पत्रकार बाँनियाविरुद्ध चर्चित कलाकार पेम्बा छोटी शेर्पाले निक्कै कडा टिप्पणी गरेका छन् । उनलाई ‘नश्लवादी पत्रकार’ भनेर आरोप लगाउनेहरु समेत भेटिएका छन् । कलाकार पेम्बा छोटी यसो भन्छन् ‘प्रेम बानिया जी, सर्बप्रथम तपाइले जुन चीजको यति धज्जी उडाएर बिरोध गर्नुभयो, त्यो चीजको नाम सही ढंगले उच्चारण गर्न सिक्नुस् ! खादा हैन ‘खतक’ हो यसको सही अनि शुद्ध नाम ‘ जुन नाम शेर्पा जातिहरुबाट रहन गएको हो, जो नेपालका नागरिक हुन् भनेर सम्झना दिलाई रहन नपर्ला’ खतकमा के लेखेको छ ? त्यहाँ भएका अस्टमंगलहरुले के जनाउछन् ? भनेर नबुझ्नु, कुनै कुराको राम्रोसंग अध्ययन नगरी हचुवाको भरमा विरोध गर्नु तपाईको कमजोरी हो । हामी खतक प्रचलनमा ल्याउनेहरुको गल्ति हैन ‘त्यहाँ के लेखेको छ त्यो लगाउदा के हुन्छ भनेर हामी प्रयोगकर्ताहरुलाई राम्ररी थाहा छ’ म एउटा शेर्पाकी छोरी हुँ र बुद्ध धर्म अनुयायी हुँ । हामी शेर्पाहरुको लागि जन्मदेखि मरणसम्म खतकको एकदमै ठूलो महत्व छ । खतक बिना हाम्रो कुनै पनि शुभ कार्य पुरा हुदैन । अब आयो कुरा खतक नेपाली संस्कृतिभित्र पर्दैन भन्ने । यहाँलाई सोध्न मन लाग्यो, हामी खतक प्रचलनमा ल्याउने बुद्ध धर्मावलम्बीहरु चाहिं कुन देशको संस्कृतिभित्र प¥यो त ? तपाई जस्ता एकदुई जनाको एकदम बन्द दिमागबाट निस्किएको विचारले गर्दा नै आज देशमा हामीहरुले आफ्नो रीतिरिवाज, पहिचान र संस्कारलाई जोगाउन अनि आंच आउन नदिन अलग्गै उभिनु पर्ने वाध्यताहरु सिर्जना गराएको छ । विगतका दिनमा म निकै तपाईको खुल्ला दिलले प्रशंशा गर्थें । परिवार, साथीभाईहरुसंग बल्ल एकजना सच्चा पत्रकारको जन्म भएछ भनेर भन्ने गर्थें तर आज यो कार्यक्रम हेर्दा आखिर तपाईको भित्रि रुप देखियो । तपाई पनि तिनै अरुको संस्कृति संस्कृति नै हैन । अरु जात जात नै हैन भन्नेहरु भन्दा फरक रहेन हाम्रो नजरमा । देशको एउटा नाम चलेको टेलिभिजन संचालकले रे को भरमा, हचुवाको भरमा हामी लाखौ करोडौं बुद्ध धर्म अनुयायी, खतक प्रयोगकर्ताहरुको चित्त दुखाएको छ । यहाँनिर आयात र निर्यातको कुरालाई निकै जोड दिनु भएको रहेछ । कुन चै कुरा नेपालमा बनेको छ बानिया जी । खाने नुनदेखि सुनसम्म सबै बाहिरैबाट आयात हुन्छ त । अनि खतक कै विरोध किन । यदि लाखौं करोडौं पैसा बाहिरिन्छ भने बरु देशमै कसरी उत्पादन गर्न सकिन्छ तेस प्रति सकारात्मक समाचारहरु सम्प्रेषण गर्नुस् न । हामी पनि होस्टेमा हैंसे गरौला तर अरुको स्वाभिमानमाथि आँच आउने समाचार बनाएर आफ्नो र अरुको समय वर्वाद नगर्नु होला । अनि नेताहरुले खतक नलगाई दिएकोमा तपाईलाई निकै पीर परेछ तर हामी खतक प्रेमीहरुलाई रत्तिभर पनि असर परेको छैन । अझ भनौं नेपालको जस्तो नेताहरुलाई खतक लगाइदिएर खतकको अपमान नगरेकै राम्रो किनकि यो जो पायो त्यहिलाई लगाई दिने चीज हैन हाम्रो पबित्र खतक !’
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment