भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
एजेन्सी । साउथ चाइना सीको विषयलाई लिएर चीन आक्रोशित देखिएको छ । अमेरिका र भारतसँग समेत युद्ध गर्ने अवस्था आएमा पछि नपर्ने बताएको चीनले छिमेकी भियतनामलाई पनि युद्धको चेतावनी दिएको हो ।साउथ चाइना सीमा सेनाको संख्या बढाइरहेको चीनले भियनतनामलाई भयानक युद्धको चेतावनी दिएको हो ।भियतनामले साउथ चाइना सीमा रकेट लञ्चर पठाएपछि क्रुद्ध बनेको चीनले सन् १९९७ को युद्ध नभुल्न चेतावनी दिएको हो । चीनले भियतनामले आफ्नो कदमका लागि गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी पनि दिएको छ । चीनको सरकारी सञ्चार माध्यमले भियनतनामले १९९७ को युद्ध भुल्न नहुने भन्दै चेतावनी दिएको हो ।
सन् १९९७ मा चीन र भियतनामबीच भएको युद्धका क्रममा भियतनाम पराजित भएको थियो । उक्त युद्धमा दुवै पक्षका हजारौं मानिस मारिएका थिए । विहीबार मात्र चीनले ‘गाओफेन-3’ नामक स्पाइ स्याटेलाइट सफलतापूर्वक परीक्षण गरेको थियो । यो स्याटेलाइटको सहायताले चीन अव संसारभरीका समुन्द्री गतिविधी नियाल्न सक्षम हुनेछ । गाओफेन-3 चीनको पहिलो अर्विट रिमोट सेन्सिङ स्याटेलाइट हो । यसले हाइ रेज्योलुसनको तस्विर लिन सक्छ । यसले लामो दुरी सम्मको तस्विर लिने क्षमता पनि राख्ने चीनको सिन्हुवा समाचार समितिले जनाएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment