भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
नेपाल होटल एसोसिएसन(हान) र चिनियाँ होटल एसोसिएसनबीच पर्यटकहरु आदानप्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ।
हानका वरिष्ठ उपाध्यक्ष अमरमान शाक्यको नेतृत्वमा ५३ सदस्यीय प्रतिनिधि मण्डलको जुलाई २४ देखि ३१ सम्म भएको चीन भ्रमणका क्रममा उक्त सम्झौता भएको हो।
त्यसका लागि समन्वय समिति गठन गर्ने र तीन/तीन महिनाको अन्तरमा समितिको नेपाल र चीनमा पालैपालो बैठक बस्ने सहमति भएको छ। चीन आएका पर्यटकलाई नेपाल ल्याउने र नेपाल आएकालाई चीन पठाउने वातावरण सिर्जना गर्नेगरी सम्झौता भएको शाक्यले सेतोपाटीलाई जानकारी दिए। सेतोपाटीमा खबर छ ।
चीनको बेइजिङ र सांघाई भ्रमण गरेको प्रतिनिधि मण्डलले त्यहाँ रहँदा नेपालको पर्यटन प्रबद्र्धन हुनेगरी विभिन्न कार्यक्रम गरेको शाक्यले बताए।
‘भूकम्पपछिको अवस्थामा जुन आशंका थियो, त्यसलाई चिर्नको लागि हामीले नेपालको पर्यटनको बारेमा त्यहाँका पर्यटन व्यवसायीहरुसँग छलफल गरेका छौँ र नेपाल सुरक्षित छ भन्ने कुरामा विश्वा दिलायौँ’ शाक्यले उल्लेख गरे।
व्यवसायी मात्रै नभई सरकारले पनि पर्यटन प्रवद्र्धनका लागि चीनमा विशेष कार्यक्रमहरु गर्नुपर्नेमा उनको जोड छ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment