भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

पछिल्लो दुई महिना राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरका लागि निकै पीडादायी रह्यो।
घुँडाको उपचार गर्न बेल्जियम पुगेका विमलले बहिनी मनीषाको मृत्युको खबर त्यहीं सुन्नुपर्यो। दस वर्षअघि दुर्घटनामा बाबुलाई गुमाइसकेका विमलका लागि बहिनीको मृत्य उनको जीवनमा अर्को बज्रपात थियो।
बहिनीको मृत्युलगत्तै स्वदेश फर्केर नवलपरासी बर्दघाट नगरपालिकाको भूताहामास्थित घर पुगेका विमल दुई महिनापछि मात्र राजधानी फर्केका छन्। बहिनी र म एकदम नजिक थियौं। म धेरै समय घर बाहिरै रहेँ। हामी एकअर्काको कुरा सेयर गर्थ्यौं, उनले भने, तर, अहिले घर शून्य भएको छ। घरमा बस्दा अधिकांश समय उसकै मात्र याद आउँछ। जुन घटना भयो त्यसले झनै पीडा दिइरहन्छ।
बहिनीसँग जोडिएका सम्झना स्मरण गर्दै उनी थप्छन्, म बेल्जियम हुँदा पनि नियमित सम्पर्क हुन्थ्यो। त्यहाँबाट केही ल्याइदिन्छु भनेको पनि थिएँ। तर, मैले ल्याउनुअघि उनी हामीबाट टाढा भइन्। हामी उनलाई एकदमै मिस गरिरहेका छौं। एकदम न्यास्रो लागेर आउँछ।
जेठ १२ गते बहिनी मनीषा घरमै मृत फेला परेकी थिइन्। भनिन्छ, समयले ठूला घाउ पनि पूर्दै जान्छ। सानैमा बुबा गुमायौं। अहिले बहिनी, निराश हुँदै विमलले भने, तर मान्छेको जीवनमा जे जस्तो घटना भए पनि सहनु बाहेक अर्को विकल्प नहुने रैछ। विमलको परिवारले मनीषाको मत्युको आशंकामा किटानी जाहेरी दिएको छ। जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। विमल न्याय पाउनेमा आशावादी छन्।
जस्तै परिस्थितिमा पनि जीवन अघि बढाउनुपर्छ भन्ने बुझिसकेका विमल पुरानै कर्ममा फर्कने प्रयासमा जुटेका छन्। उनी भन्छन्, जे भयो त्यसलाई बदल्न सकिन्न। फुटबल मेरो जीवन हो। अब फेरि खेल जीवनलाई अघि बढाउनुपर्छ। आमा र हजुरबुबालाई घरमा छाडेर उनी राजधानी फर्केका हुन्।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top