भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन २२ – ब्राजिलका महान फुटबल खेलाडी पेलेले ओलम्पिक उद्घाटन समारोहमा ओलम्पिक मशाल बालेनन् । ७५ वर्षका पेले कमजोर स्वास्थ्य अवस्थाका कारण ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन नसकेका हुन् । उनले नै ओलम्पिक मशाल बाल्ने तयारी गरिएको थियो । तर यही वर्ष हिपको सर्जरी भएको र मांशपेशिमा पनि पीडा भएकाले उनी उद्घाटन समारोहमा उपस्थित हुन नसकेका हुन् । तीन पटकका विश्वकप विजेता पेलेले भने ‘मेरो स्वास्थ्य अवस्था ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन सक्ने छैन ।’ पेलेले यो आफ्नो व्यक्तिगत निर्णय रहेको बताएका छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top