भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन २३, कैलाली । रोजगारीका लागि मलेसिया गएका धनगढी उपमहानगरपालिका–११ का सञ्जय राना बिरामी भए । त्यती बेला सञ्जय मलेसिया पुगेको ३४ महिना भएको थियो । सुरुमा एकोहोरो पेट दुखेपछि उहाँले मेडिकलमा गएर सामान्य उपचार गरे ।
औषधि पनि खाए । तर पेट दुख्न कम भएन । त्यसपछि अर्को ठाउँमा जचाउँदा भने सञ्जयको रोग पत्ता लाग्यो । सञ्जय भन्नुहुन्छ ‘एपेन्डिसाइड भएको रिपोर्टले देखायो’ काम गर्दा गर्दै बिरामी भएपछि सञ्जयले कम्पनीलाई गुहारे । त्यती बेला सञ्जयलाई उपचार गर्न थोरै खर्च मात्रै दियो कम्पनीले । एक महिना उपचार गर्दा पनि समस्या कम नभएपछि फेरि कम्पनीमा आग्रह गरे ।
त्यसपछि कम्पनीले उपचार खर्च दिएर सोच्दै नसोचेको जवाफ दियो । कम्पनीले भन्यो ‘उपचार गर्न सक्दैनौ, बरु नेपाल फर्काइदिन्छौं।’ कम्पनीले नै कुरो टुङग्याइदिएपछि मात्रै सञ्जयले बल्ल घरमा फोन गरेर आफ्नो अवस्था बारे जानकारी गराए ।
सूचना केन्द्रको पहलमा क्षतिपूर्ति
‘परिवारलाई विदेश गएकाहरु अप्ठ्यारोमा परे के गर्ने भन्ने विषयमा थाहा नभईदिएको मेरो विजोक हुन्थ्यो’ सञ्जयले भने सुरक्षित आप्रबासन सम्बन्धी काम गर्ने सिर्जनशिल समाजको सिर्जना सिसिएसले सञ्चालन गरेको समुदाय अभिमुखीकरण कार्यक्रममा सहभागी भएका सञ्जयका दाई कमलेशलाई विदेशमा भएका आफन्त अप्ठ्यारोमा परे के गर्ने भन्ने धेरै कुरा थाहा थियो ।
त्यसैले उसले भाईसँग सबै कागजात मगायो सामाजिक सञ्जाल फेसबुक मार्फत अनि पुगे सुरक्षित आप्रवासन सम्बन्धी सूचना तथा परामर्श सेवा दिने धनगढीको सूचना केन्द्रमा सूचना केन्द्रले काठमाडौंको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मार्फत प्रक्रिया अघि बढायो ।
त्यो सँगै कमलेशले वैदेशिक रोजगार विभागमा मुद्दा पनि दर्ता गराए । मुद्दा गर्दा गरेको एक महिनापछि वैदेशिक रोजगार प्रर्वद्धन बोर्डबाट कमलेशको परिवारले तीन लाख रुपैया“ आर्थिक सहयोग पाएको छ ।
त्यो सहयोगले परिवारले बिरामी भएर घर फर्किएका सञ्जयलाई काठमाडौंमै राखेर उपचार गरायो । डेढ महिना उपचार गर्दा तीन पटक शल्यक्रिया गर्दा तीन लाख ७५ हजार रुपैया“ खर्च भयो । ‘खर्च भएपनि छोरो ठिक भयो’ सञ्जयकी आमा झेलीले भन्नुभयो, ‘त्यसैले सूचना केन्द्रप्रति धेरै खुशी छु’ । सञ्जयको परिवार एकातिर प्रवद्र्धन बोर्डबाट क्षतिपूर्ति पाएकोमा खुसी छ । त्यो भन्दा पनि खुसी सञ्जय ठिक भएकोमा छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top