भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
काठमाडौं, साउन २५- साउदीको रियादस्थित दूतावास र जेद्दास्थित महावाणिज्यदूतावास साउदीमा अलपत्र नेपालीको उद्धारमा लागेका छन् । महावाणिज्यदूतावासले प्रस विज्ञप्ती जारी गर्दै अलपत्र नेपालीको उद्धार भइरहेको जनाएको हो ।
साउदी ओगर कम्पनी बन्द भएपछि अलपत्र परेका ४१ जना नेपाली मध्य ६ जना नेपाल फर्काइएको र अन्यलाई खान बस्नको व्यवस्था गरिएको महावाणिज्यदूतावासले जनाएको छ । तत्काल नेपाल फर्किन चाहने अन्य नेपालीलाई पनि निशुल्क भिसाका लागि साउदीको श्रम मन्त्रालयसँग कुरा गरिसकेको विज्ञप्तीमा उल्लेख छ । तत्काल नेपाल फर्किन नचाहनेलाई अन्य कम्पनीमा सार्न समन्वय गरिरहेको र स्वदेश फर्किनेलाई साउदी सरकारले सहयोग गर्ने जानकारी गराएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मन्त्रालयका सचिव शंकर वैरागीलाई साउदी लगायत विदेशमा अलपत्र नेपालीको तत्काल उद्धार गर्न निर्देशन दिएपछि महावाणिज्यदूतावासले अहिलेको अवस्था बारे जानकारी गराएको हो । प्रधानमन्त्रीको निर्देशन पछि श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयले ताकेता गरेका थिए ।
समस्यामा परेका नेपालीलाई रियादस्थित नेपाली दूतावास र जेद्दास्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । स्रोत: उज्यालो अनलाइन
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment