भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
नेपालगन्ज, २५ साउन । दाइजो नल्याएको भन्दै कुट्पिट गर्ने नेपालगन्ज उपमहानगरपालिका–१९, बालेगाउँका वसिन अन्सारी र सासु बाबादैया जोलाहालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । २ बर्षअघि मागी विवाह गरेका नेपालगन्ज–१९, बालेगाउँका आस्रुन जोलाहाका २४ वर्षिय श्रीमान वसिम जोलाहा र उनका आमा बाबादैया जोलाहालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।
कुटपिटमा संलग्न ससुरा सब्बिर जोलाहा र काका नसिम जोलाहा फरार भएका छन् । कुटपिटबाट घाइते भएकी आस्रुनले श्रीमान, सासु, ससुरा र श्रीमानका काका पर्ने नसिम जोलाहाले कुटपिट गरेको प्रहरी समक्ष दिएको बयानका आधारमा प्रहरीले वसिम र बाबादैयालाई पक्राउ गरेको छ ।
कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेको छ । गत साउन २३ गते कुटपिटबाट गम्भिर घाइते भएकी आस्रुनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेक प्रसाद राईले जानकारी दिए ।
दाइजो नल्याएको भन्दै उनका श्रीमान, सासु, सुसुराले पटक–पटक कुटपिट गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुले आस्रुनको परिवारसँग पटक–पटक लाखौं रकम माग्दै आएको र दाइजो नल्याए अरु व्यक्तिसँग विवाह गराइदिने धम्की दिँदै कुटपिट गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख राईले बताए ।
आस्रुनलाई कुटपिट गर्ने उनका श्रीमानका काका नसिरले २०७१ सालमा मागी विवाह गराइदिएका थिए । माइतीले दाइजो नदिएपछि ज्यान लिने उद्देश्यले श्रीमान, सासु, ससुरालाई श्रीमानका काका नसिमले उचालेको पीडित आस्रुनले प्रहरी समक्ष बयान दिएकी छन् ।
विगत ४ महिनादेखि आफूलाई कुटपिट गरिरहेको उजुरी दिएको राईले बताए । साउन २० गतेपनि आस्रुनलाई उनका परिवारले कुटपिट गरेका थिए । कुटपिट गरेपछि उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन । उजुरीको आधारमा उनका श्रीमानले अबदेखि कुटपिट नगर्ने प्रतिबद्धता जनाउँदै माफी मागेका थिए ।
मिलापत्र भएकै दिन श्रीमानले ज्यान लिने उद्देश्यका साथ मोटरसाईकलले खुट्टामा ठक्कर दिएको पीडितलाई उदृध गर्दै प्रहरीले जनाएको छ । ‘पटक–पटक कुट्पिट गरी सक्त घाइते बनाएको भन्दै आस्रुनका परिवारले कुटपिट गर्ने बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराएका छन्,’ प्रहरी प्रमुख राईले भने ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment