भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
काठमाडौं – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि गृहजिल्लामा खुशीयाली मनाई रहेका छन् ।
हिजो प्रधानमन्त्रीमा विजय हुने बित्तिकै चितवनमा उनका कार्यकर्ताले दीपावली गरे झै चुनावी जिल्ला सिरहामा पनि उनका कार्यकर्ताहरुले हिजो मैनबत्ति बालेका थिए । तर, आमजनतामा भने त्यति उत्साह देखिएको छैन ।
उनी सिरहा जिल्ला क्षेत्र नं. ५ बाट दोस्रो सविधानसभामा जितेका हुन् । आठ सयले मतले जितेका उनी आफ्नो क्षेत्रका जनतालाई धन्यवाद ज्ञापन गर्न गएको बेला विभिन्न आश्वासन बाँडेका थिए ।
खासगरि सो क्षेत्रमा खानेपानी र सिँचाईको निकै समस्या छ र त्यसलाई तत्कालै समाधान गर्ने आश्वासन दिएका थिए । त्यस्तै शिक्षा, स्वास्थ्य, सडक, कृषिमा पनि आमूल परिवर्तन गर्ने आश्वान दिएका थिए ।
१० वर्षसम्म क्रान्ति गरेर आएका प्रचण्ड सो क्षेत्रबाट विजय भएपछि त्यहाँका जनताहरु निकै आशाका साथ खुशी भएका थिए तर आश्वासन दिए अनुसार काम नभएको गुनासो गरेका थिए तर अब देशको प्रधानमन्त्री नै भएपछि जनतामा आशा पलाएको छ ।
प्रचण्डको विपक्षमा चुनाव लडेका संघीय समाजवादी फोरम नेपालका नेता विष्णु साहले प्रचण्ड प्रधानमन्त्री भएकोमा बधाई दिँदै भने, ‘उहाँ यस क्षेत्रबाट जितेर गएपछि थुप्रै आशा, आश्वासनहरु बाँड्नुभयो । हालसम्म आश्वासनमै मात्र रहनु भयो तर अब उहाँ प्रधानमन्त्री बन्नु भएको छ । यो क्षेत्रका लागि विशेष केही गर्दिनुपर्छ ताकि यहाँका जनता सादाका लागि सम्झि रहोस् ।’रातोपाटीमा समाचार छ ।
सोही क्षेत्रका मोहन साहले भने, ‘आफ्नो क्षेत्रका सांसद प्रधानमन्त्री भएकोमा कसलाई खुशी लाग्दैन तर प्रचण्डले गरेको प्रतिबद्धताहरु पूरा नभएको कारण जनता निराश छन् । अब प्रधानमन्त्री भएपछि केही गर्ला कि भनि आशा छ ।’ हिजो प्रधानमन्त्रीमा विजय भएपछि मिर्चैया चौकमा रहेको पार्कमा त्यहाँका स्थानीय पार्टीका कार्यकर्ताहरुले मैनाबत्ति बाले पनि त्यस बाहेक अरु कुनै उत्साह नरहेको मिर्चैयावासी साहले बताए ।
गोलबजारका जयनारायण यादव भन्छन्, ‘प्रचण्डले आश्वासन ठूलो बाँड्नु भएको छ तर त्यसमध्ये धेरै पूरा भएको छैन । यहाँ खानेपानीको समस्या ठूलो रहेको छ । त्यो समस्या समाधान गर्छु भन्नुभएको थियो तर भएको छैन, अब प्रधानमन्त्री भएपछि केही गर्लान् कि भनि जनताले आशा गरेका छन् ।’
पूरानो चोहर्वाका शिवजी महतोले पनि प्रचण्ड प्रधानमन्त्री भएपछि यो क्षेत्रका जनताको आशा भारोसा बढेको बताउँछन् । सिँचाई तथा खानेपानीमा केही काम गरेपनि त्यो प्रयाप्त नभएको गुनासो यस क्षेत्रका जनताको रहेको बताउँदै शिवजी महतोले भने, क्षेत्रबाट जितेर गएका सांसद प्रधानमन्त्री बन्नु भएको छ भने हाम्रो लागि गर्वको कुरा हो ।’
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment