भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
काठमाण्डौं, । हुनत् संसदिय ब्याबस्थामा संसद भित्र भाडभैलो गर्नुलाई अनौठो मानिदैन । तर जनताको चाहाना संसदहरुले बिकास तथा समृद्धीको काम गरिदिउन भन्ने चाहाना हुन्छ ? यहाँ त जसले संसदमा कुर्सी फोर्छ उ मन्त्री हुने पक्का छ ।सुचना केन्द्रमा समाचार छ ।
खाशै चर्चामा नआउने र कुनै भुमिकामा नदेखिने माओवादीका केही सासंद २०७१ साल माघ ५ गते खुबै सक्रिय देखिए । बर्दियाका सांसद मानबहादुर थारु, सप्तरीका सांसद उमेशकुमार यादव, रुकुमा सांसद दलजित श्रीपालीलगायतको भुमिका त्यो दिन खुबै देखियो । सायद उनीहरुले सही भुमिका यस अघि पाएका थिएनन् । सन्दर्भ थियोः माघ ५ गते संविधानसभामा भएको तोडफोडको ।
तोडफोडमा उत्रिएपछि माओवादीप्रति बौद्धिक तप्का आक्रोशित भयो, आलोचनाको बर्षा शुरु ग¥यो । उता माओवादीका ग्रामिण इलाकाका समर्थकको नजरमा भने उनीहरु हिरो भइसकेका थिए । विराटनगर पुगेका सभासद् उमेश यादव र शिबकुमार मण्डलको जयजयकार गरियो ।
पार्टीमा पनि उनीहरुको उच्च मूल्यांकन भएको देखिन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सिंचाइ मन्त्री बनाइए उमेश यादव । सिक्टा सिचाइका महानिर्देशकले फोन नउठाएपछि उनले जगेडामा राखिदिए । त्यसपछि त उनीसँग कर्मचारी हायलकायल भएको बताइन्छ ।
अहिले दलजित श्रीपाली युवा तथा खेलकुद मन्त्री बनाइएका छन् । उनको भुमिका कस्तो हुन्छ ? हेर्न बाँकी छ । आशा गरौं संसदको हंगामा मन्त्रालयमा नगरून शुभकामना ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment