भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

तेहरान, साउन । इरानले मुलुकको आणविक गतिविधिमा उल्लेख्य योगदान गरेका एक वैज्ञानिकलाई आफ्नो देशको उच्च गोप्य सूचना समेत अमेरिकालाई उपलब्ध गराएको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको आइतबार इरानी न्यायपालिकाका प्रवक्ताले बताएका छन् । शाहराम अभिरी नाम गरेका प्रसिद्ध आणविक हतियार अनुसन्धातालाई राज्यको गोप्य कुरा ‘शत्रु’ लाई जानकारी गराएकाले उनलाई मृत्युदण्ड दिइएको घोलामहोसेन मोहसेनी इजेजेलाई उद्धृत गर्दै मिजान अनलाइन समाचारले बताएको छ । अमिरी साउदी अरेबियाबाट सन् २००९ को जुलाईदेखि अघोषित रुपमा भूमिगत भई एक वर्षपछि अमेरिकामा सार्वजनिक भएका थिए । तर केही वर्षपछि अमिरीलाई इरानले स्वागत गरेको थियो । त्यसपछि भने अमिरीका बारेमा मृत्युदण्ड दिनुपूर्व खासै जानकारीहरु बाहिर आएका थिएनन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top