भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन २५। काठमाडौं– सोमवार दुर्घटनामा परेको हेलिकोप्टरमा एकजना नर्स पनि थिइन्, जो बिरामीकै सेवामा थिइन् । इनरुवाकी निशा तामाङ गोरखामा रहेर नर्सिङ सेवा दिइरहेकी थिइन् । बिरामीलाई काठमाडौं ल्याउनुपर्ने भएपछि उनी सँगै काठमाडौं आउनु परेको थियो । ड्युटीमा खटिएकी उनी अन्य ७ जना सहित सदाका लागि बिदा भइन् ।
उनी अघिल्लो रात पनि एकजना सुत्केरीको अवस्था जटिल भएकाले राति ३ बजे मात्रै सुतेको उनका साथीहरु बताउँछन् । उनी परिआउँदा कामबाट नभागने स्वभावकी भएकाले बिरामीलाई लिएर काठमाडौं आउने जिम्मा परेको उनकी एक साथीले बताइन् ।
निशा फिड नेपाल अन्तर्गत नर्सिङ सेवा दिन गोरखा पुगेकी थिइन् । निशाको स्थायी घर सुनसरीको इनरुवा हो ।
इनरुवावाट एसएलसी गरेकी निशाले जनकपुरवाट पीसिएल स्टाफ नर्स गरिन् । त्यसपछि केही समय इटहरीको टिआर अस्पतालमा काम गरेपछि ओखलढुंगाकै पारामेडिकल कलेजमा दुई वर्ष पढाइन् । गत फागुनमामात्रै फिड नेपाल नामक संस्थावाट भूकम्प प्रभावित क्षेत्र गोरखा गएकी हुन् । -स्वास्थ्य खबरपत्रिका

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top