भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
काठमाडौं–राजनीतिमा नक्कल गर्दा के हुन्छ भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाले भोग्न थालेका छन् तर नक्कल गर्दा बल्ड्याङ खाइन्छ भन्ने चाहिँ अहिलेसम्म बुझ्न सकेका छैनन् ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन सफल भएपछि भुईं छाडेका देउवा पार्टीभित्र चेपुवामा पर्दै गएका छन् । हालत के छ भने आगामी दिनमा उनले संसदीय दलको नेता पदबाट नराम्रोसँग हात धुनुपर्ने अवस्था छ ।
यसको कारण हो गिरिजाप्रसाद कोइरालाको नक्कलको परिणाम । गिरिजाको ‘टावर पर्सानिलिटी’ थियो, उनका निर्णय क्षमता र आफ्नो निर्णयको बचाउ गर्ने कोशल पनि थियो । सभापति बनेपछि देउवाले गिरिजाकै जस्तो नक्कल गर्न थाले । नक्कल गरेर के गर्नु, गिरिजामा जे क्षमता थियो देउवामा छैन ।
गिरिजाले जस्तै पार्टीभित्र सबैलाई पेलेर लैजान खोज्दा देउवा धरापमा पर्दै गएका छन् । कांग्रेसभित्रका जानकारहरु भन्छन्, ‘देउवाको वरीपरी चिरा पर्दै गएको छ, कुनै पनि बेला पहिरो जान सक्छ ।’
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ भन्छन्, ‘देउवाले पार्टीभित्र डिजास्टर नै निम्त्याएका छन् ।’
कांग्रेस संकटमा फस्दै गएको छ । सभापति र संसदीय दलको नेता बनिसकेपछि देउवालाई अब कोही चाहिँदैन भन्ने भ्रम पर्यो । यो भ्रम परेपछि उनले विमलेन्द्र निधिबोहक अरुलाई नेता मान्नै छाडे ।
विगतमा मन्त्री हुँदा कहिल्यै सफल नभएका, पार्टीभित्र पनि अलोकप्रिय, अरुभन्दा जुनियर विमलेन्द्र एकजनालाई मात्रै देउवाले विश्वास गर्दा कांग्रेसभन्दा पनि सभापति शेरबहादुर देउवाको राजनीतिक नेतृत्व असक्षम हुँदै दिनदशा प्रतिदिन बिग्रिँदै गएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment