भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

कपिलबस्तु, २४ साउन । कपिलबस्तुको तौलेश्वर नाथ शिव मन्दिरमा साउन महिनाको पाचौं सोमवार ५० हजार बढी बोलबमका भक्तजनको घुइँचो लागेको छ ।
कपिलबसतुमा रुपन्देही, नवलपरासी, गुल्मी र प्युठान जिल्लाबाट भक्तजन आएर पुजा पाठ गर्दछन । कपिलबस्तु बाण गंगा नदीबाट पैदल ५ किमी बोलबमको नारा लगाउँदै बाजा गाजाका साथ जल लिएर तौलेश्वर नाथ शिव मन्दिरमा बिहाल ४ बजेदेखी मन्दिर परिसरमा भक्तजनको भीडले खचाखच भरिएको छ ।
साउन महिनाको सोमवारका दिन पार्बतीले अराधाना गरे पछि शिव भगवानलाई पतिको रुपमा प्राप्त गरे पछि सोमवारका दिन बर्त बासेर पुजा गर्ने चलन छ । बाण गगा नदीबाट पैदल बोल बमका भक्त जन लोट पोट कठिन यात्रा गर्दै तौलेश्वर नाथ शिव मन्दिरमा पुजा गर्दछन् ।
महिला बाल बालिका समेत ठूलो सख्या भिडको घुईचो लागेको छ । मन्दिरमा भक्तजनलाई प्रसाद दिने ब्यावस्था शिव मन्दिर समितिले गरेको छ । आईतवार राती तौलेश्वर नाथ मन्दिर निर बिशाल शिव जागरण गरिएको थियो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top