भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
पर्सा । वीरगन्ज २६ प्रसौनीबिर्ताका दाजुभाई डा.जैनुद्धिन र बसुरुद्धिन अन्सारीले गाउँमा भव्य मन्दिर निर्माण गरेका छन् । मुस्लिम धर्मका अनुयायी उनीहरुले ४८ लाख रुपैयाँ खर्चेर रामेश्वर महादेव मन्दिर निर्माण गरेका हुन् ।
गाउँलेले आइतबार उनीहरुलाइ हात्तीमा चढाएर नागरिक अभिनन्दन गरे । गाउँलेको सम्मान र मायाले दवै हर्षित देखिन्थे । त्यस क्रममा दुवैका हातमा हिन्दु धर्मावलम्बीको झन्डा थियो । 'हरहर महादेव' को नारासमेत लगाए ।
वीरगन्जको पश्मिोत्तर गाउँबाट सुरु यात्रा बराको भलुहीभरबलियास्थित त्रिवेणीसम्म पुगेको थियो । यात्रामा ६० प्रतिशत हिन्दु र ४० प्रतिशत मुस्लिम सहभागी थिए । दाजुभाइ नेसनल मेडिकल कलेजका अध्यक्ष र प्रबन्ध निर्देशक हुन् । उनको मासिक तलबबाट मन्दिर निर्माण गरिएको उनीहरुले बताए ।
हात्तीमा सवार गराउँदा अद्भूत अनुभव भएको दाजुभाइले सुनाए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment