भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
प्रधानमन्त्री केपी ओलीको रेल गुडाउने कुरालाई हावाको संज्ञा दिइरहेका बेला चीनको एक सरकारी रेलवे कम्पनीले नेपालमा रेलसेवा निर्माणका लागि सर्भे गर्न निवेदन दिएको छ ।
चाइना रेलवे कन्ट्रक्सन कर्पोरेसन लिमिटेडले काठमाडौं-रसुवागाढी रेलवेको सम्भाव्यता अध्ययनका लागि सोमबार काठमाडौंस्थित नेपाल रेलवे विभागमा औपचारिकरुपमा निवेदन दर्ता गराएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सोमबार जनाएको छ ।
नेपाल रेलवे विभागका कार्यकारी निर्देशक अनन्त आचार्यले सिन्ह्वालाई दिएको जानकारी अनुसार सीआरसीसीले काठमाडौं-रसुवागढी रेलवे निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि इच्छुक भएको जनाउँदै दुई हप्ताअघि निवेदन दर्ता गराएको हो ।
नेपाल सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा चिनियाँ रेलवेसँग जोड्दै रसुवागढी–काठमाडौं-पोखरा-लुम्बिनी रेलवे लाइनको एकीकृत सम्भाव्यता अध्ययन आगामी दुई वर्षभित्र पुरा गर्नका लागि बजेट छुट्याए लगत्तै चिनियाँ कम्पनीको निवेदन परेको हो ।
प्रस्तावित काठमाडौं-रसुवागढी रेलवेलाई हिमालयको देश नेपालले प्रमुख पर्यटकीय सहर पोखरालाई जोड्दै त्यहाँबाट देशको दक्षिणी भागमा रहेको भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्म विस्तार गर्ने योजना बनाएको छ ।
काठमाडौँ–रसूवागढी सँगै काठमाडौं–पोखरा–लुम्बीनीमा संचालन गर्न प्रस्ताव गरिएको रेलवे सेवाको व्यवहारिक अध्ययनको लागि नेपालले अनुरोध गरेपछि विस्तृत अध्ययन सुरु हुन लागेको हो । गएको मार्च महिनामा प्रधानमन्त्री केपी शर्मा ओली चीन गएका बेला सम्झौता भएको थियो ।
नेपालले चीनसँगको रेलसेवा दुईपक्षीय मात्र नभइ अरु तेस्रो देशसँगको ट्रान्जिटको रुपमा पनि प्रयोग गर्न चाहेको छ ।
नेपालको प्रस्तावमा चीन सकारात्मक देखिएपछि रेलवे निर्माणको प्रक्रिया तत्काल अघि बढ्ने देखिएको छ । अन्नपूर्ण पोस्ट्बाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment