भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी । परम्परागत मान्यतामा हस्तमैथुनलाई त्यति राम्रो मानिदैन । हस्तमैथुनलाई विभिन्न समस्याको कारक तत्व पनि मानिन्छ । तर एक्काइसौ शताब्दीमा आईपुग्दा विज्ञानले नै हस्तमैथुनका थुप्रै फाइदाहरु रहेको प्रमाणित गरिसकेको छ । जसले पुरातन सोच र मुल्य मान्यताहरुलाई परिवर्तन गराइदिएको छ ।एक अध्ययन अनुसार ३८ प्रतिशत महिला र ६१ प्रतिशत पुरुषहरुले हस्तमैथुन नियमित रुपमा गर्ने गरेको पाइएको छ । विश्वभरमा नै मेइ महिनालाई अन्र्तराष्ट्रिय हस्तमैथुन महिनाको रुपमा मनाइन्छ । यि हुन् हस्तमैथुनका फाईदाहरु
१.डिप्रेशनबाट बचाउछ :
अध्ययनअनुसार यस्तो तथ्य पत्ता लागेको छ कि हस्तमैथुन गर्दाको चरम सन्तुष्टिका कारण मानिसहरुलाई डिप्रेशनबाट वचाईदिन्छ ।
२. आत्मविश्वास वढाउछ :
विज्ञहरुका अनुसार जसले नियमित हस्तमैथुन गर्छ उसले एक किसिमको आनन्द महसुश गरिरहेको हुन्छ जसले गर्दा आत्मविश्वास वढाइदिन्छ ।
३. निन्द्रा लगाउछ :
चरम यौन सन्तुष्टिले ब्लड प्रेसरलाई कम गराइदिन्छ । जसले गर्दा निन्द्रा लाग्न मद्दत गर्छ । ४.रजस्वलाबाट हुने पीडाबाट राहत :
महिलाहरुले हस्तमैथुन गरेमा रजस्वलाबाट हुने पीडालाई कम गराइदिन्छ । ५. पुरुषहरुमा हुने प्रोस्टेट क्यान्सरको सम्भावना कम हुन्छ :
अध्ययन अनुसार जसले कम्तिमा महिनाको २ ४ पटक हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना कम हुन्छ ।
६.यौनरोगबाट मुक्ति :
विश्वभरमा नै थुप्रै मानिसहरु यौनजन्य रोगबाट ग्रसित छन् । हस्तमैथुन गर्दा यस्ता यौनरोग लाग्ने सम्भावना रहदैन ।
७.अनावश्यक गर्भ रहन सक्ने सम्भावना हुदैन :
असुरक्षित यौनसम्पर्कले विभिन्न यौनरोगहरु लाग्नुका साथै अनावश्यक गर्भ रहन सक्ने सम्भावना पनि रहन्छ । तर हस्तमैथुन गर्दा यि सबै सम्भावनाहरु रहदैन ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top