भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
शनिबारदेखि सुरु भएको पार्टीको स्थायी समिति बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी आफ्ना निर्णय आफैं गर्न थालेका छौं, त्यसैले भारतले यो सरकार असफल पार्न लागेको हो।’
बैठकमा सहभागी एक सदस्यका अनुसार ओलीले अहिलेको सरकारलाई दक्षिणतिरबाट असहयोग भइरहेको र विकल्प खोज्ने प्रयास भइरहेको बताए। ‘सरकारको विकल्प खोज्नका निम्ति अनेक मान्छेलाई उचाल्ने प्रयास भइरहेको छ।’
प्रधानमन्त्री ओलीले अहिलेको लडाइँ नै नेपालमा हुने निर्णय कसले गर्ने भन्ने रहेको बताए। ‘नेपालमा हुने निर्णय प्रक्रियामा को हावी हुने भन्ने अहिले लडाइँ चलिरहेको छ,’ ओलीलाई उद्धृत गर्दै ती सदस्यले भने, ‘अहिले नेपालमा उत्पन्न समस्या यही हो।’
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment