भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
ल्वाङका फाइदा
तरकारीको स्वाद बढाउन मसलाको रुपमा होस् या दुखाईबाट मुक्ति पाउन, ल्वाङ निकै लाभकारी मानिन्छ । यतिमात्र होइन, ल्वाङका अनेक फाइदा छन् । साधारण रुघाखोकीदेखि लिएर क्यान्सरजस्ता गम्भीर रोगमा ल्वाङको उपचार हुन्छ । ल्वाङको प्रयोग आयुर्वेदमा मात्र नभई होमियोप्याथी र एलोप्याथीमा पनि प्रयोग हुन्छ ।
भोजनको स्वाद बढाउन : ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ । यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ । यस्तै, यसमा भिटामिन ए तथा सि, म्याग्नीज र फाइबर पनि पाइन्छ ।
पीडा हटाउन : ल्वाङ प्राकृतिक पेनकिलरको रुपमा पनि प्रयोग गरिन्छ । यसमा रहेको युजेनल आयल दाँतको दुखाईका लागि लाभदायी मानिन्छ । जतिसुकै दाँत दुखेपनि ल्वाङको तेल लगाउनाले दुखाई तत्कालै निको हुन्छ । यसमा एन्टीब्याक्टेरियल विशेषता हुन्छ, जसका कारण यसको प्रयोग टुथपेष्ट, माउथवास तथा क्रिम बनाउन प्रयोग हुन्छ ।
जोर्नी रोगीलाई लाभदायी : जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक हुन्छ । कैयौं अरोमा विशेषज्ञहरु जोर्नी दुख्ने समस्याका लागि ल्वाङको तेल सिफारिस गर्छन् ।
श्वाससंबन्धी रोगका लागि : ल्वाङका तेल सुँघ्नाले रुघा, कफ, दम, ब्रोङकाइटिस, साइनसाइटिसजस्ता समस्यामा तुरुन्त आराम मिल्छ ।
एन्टीसेप्टिक रुपमा : ल्वाङको तेलमा एन्टीसेप्टिक गुण पनि हुन्छ, जसबाट फंगल संक्रमण, काटेको, घाउ भएको र छालासंबन्धी अन्य समस्यामा यसको प्रयोग गरिन्छ । ल्वाङको तेल सिधै नभई कुनै तेलमा मिसाएर लगाउनुपर्छ ।
पाचनका लागि फाइदाजनक : खानामा ल्वाङको प्रयोगले पाचनसंबन्धी कैयौं समस्यामा आराम मिल्छ । यसमा रहेका तत्वहरुले अपच, उल्टी, ग्यास्ट्रिक, डायरियाजस्ता समस्यामा आराम दिलाउछन् ।
क्यान्सरमा लाभदायी : अनुसन्धानकर्ताहरुका अनुसार ल्वाङको प्रयोगले कलेजो तथा छालाको क्यान्सर रोक्न सकिन्छ । यसमा रहेको युजेनल नामक तत्व क्यान्सर रोक्न लाभदायी हुने बताइन्छ ।
अन्य फाइदाहरू : यसका अतिरिक्त ल्वाङको सेवनले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउछ भने रगत शुद्ध पार्छ । यसको प्रयोग मलेरिया, हैजाजस्ता रोगको उपचारमा पनि गरिन्छ । डाइबिटिजमा ल्वाङको सेवनले शरीरमा ग्लुकोजको स्तर कम गर्छ । यस्तै, लामखुट्ट भगाउनपनि ल्वाङको तेल प्रयोग गर्न सकिन्छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment