भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

असार १६,काबुल: अफगानिस्तानको राजधानी काबुलमा बिहीबार दिउँसो भएको शक्तिशाली आत्मघाती आक्रमणमा कम्तिमा ४० जना प्रहरी मारिएका छन् ।सुरुवाती खबरका अनुसार राजधानी काबुलमा अफगान पुलिसको गाडीमा आत्मघाती आक्रमण भएको हो ।

अफगान अधिकारीलाई उधृत गर्दै आएको समाचार अनुसार तालिबानले यो आक्रमणको जिम्मेवारी लिएको छ ।

अधिकारीहरुका अनुसार काबुलको काला ए हैदर खान गाउँमा एक कम्पनीको एरियामा तालिबानले आत्मघाती आक्रमण गरेका हुन् ।

यो गाडीमा हालै मात्र तालिम सकेका पुलिसका अधिकृत सवार थिए । उनीहरु बरदाकबाट काबुल गइरहेका बेला आक्रमण भएको हो ।दुईजना हमलाकारीले आत्मघाती बम विस्फोट गराएर पुलिसको गाडीमा निशाना बनाएका थिए ।

पघमनका गभर्नर हाजी मोहम्मद मुसा खानका अनुसार हमलामा सय भन्दा बढी मानिस घाइते भएका छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top