भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
काठमाडौँ । नेपाली समाजमा धेरैजसो पुरुषहरु कम उमेर भएकासंग बिवाह गर्न मन पराउछन् । तर यस्तो उमेरको अन्तरले गर्दा भविष्यमा यौन जिवनमा असर पुग्ने गर्दछ ।
चिकित्सकको सल्लाह अनुसार विवाह गर्दा पाँच बर्ष भन्दा बढी अन्तर राख्नु उचित नभएको बताउछन् । एउटै उमेर समुहमा भावनात्मक सम्बन्ध तथा सोचविचार पनि लगभग मिल्ने भएकाले लामो अन्तर कायम गर्न नहुने बताइएको छ ।
तर नेपाली समाजमा १५ बर्ष सम्म को उमेरको अन्तर राखेको पाइन्छ । धेरैजसो दम्पतीको उमेरको अन्तर १० बर्ष हुने गर्दछ । यसरी उमेरको अन्तर धेरै राखेमा यौनजिवनमा बाधा पर्नुका साथै भावनात्मक फाँटो आउनसक्ने सम्भावना रहन्छ ।
धेरैजसो महिलाहरु ४० बर्षको उमेरमा निकै सक्रिय रहन्छन्, तर सो समयमा पुरुषको उमेर ५५ देखि माथि लागेमा उनिहरुको यौन चाहना तथा क्षमा ह्रास हुदै जान्छ । यस्तो भएमा यौनकै पारीबारीक मतभेद उत्पन्न हुन सक्छ ।
मानिसहरुमा २० देखि ३० बर्षको उमेरमा यौन चाहना सबैभन्दा बढी हुन्छ । चिकित्सकहरुको सल्लाह अनुसार पुरुषका लागि २८ देखि ३० बर्ष तथा महिलाका लागि २५ देखि २८ बर्ष उमेर उत्तम भएको बताएका छन् ।
तर सेक्सोलोजीष्टहरुको आधारमा यौन चाहनालाई उमेर सीमामा बाँध्नु गलत हुने बताउछन् । उनिहरु यौन इच्छामा भर पर्ने बिषय भएको जनाएका छन् । –स्वास्थ्य खबरपत्रिका
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment