भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले र तत्कालिन एओवादीवीच भएको नौ बुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नौ बुँदे सहमति कार्यान्वयन गर्न एमाले पार्टी इमान्दर भएन । संसदीय दलको बैठकमा मैले नौ बुँदे सहमति कार्यान्वयन नभई बजेटको पक्षमा मतदान गर्न नहुने प्रस्ताव पेश गरेको छु । त्यो पारित हुन्छ, हामी सहमति कार्यान्वयन नभई बजेट पारित हुन दिदैनौ । सहमति कार्यान्वयन गरेर मात्रै बजेट पारित गर्नु पर्छ ।’

शर्माले भुकम्प पछिको पुर्ननिर्माण, संविधानप्रति असन्तुष्ट हरुको माग संबोधान गर्न, संविधान कार्यान्वयन र निर्वाचनकोलागि राष्ट्रिय सहमति आवश्यक रहेको तर्क गर्दै त्यसकोलागि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिए । उनले भने,‘काग्रेस पनि सहमतिको सरकारमा आउने बातावरण बन्दैछ । हामीले काग्रेस र एमालेसँग छलफल गरिरहेका छौ । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा सहमतिको सरकार बनेपनि ठिक छ, काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बने पछि ठिक छ, होईन भने हाम्रा अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन पनि तयार छौ ।’

शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको सबै समस्या हल गर्न नसक्ने दावी गर्दै मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताए । नौ बुँदे सहमति कार्यान्वयन नगरे नेकपा एमालेसँगको सम्बन्ध पनि टुट्ने चेतावनी दिदै सरकारले एक्लै मुलुकको समस्या समाधान गर्छु भनेर सोच्नु उचित नभएको उनले दावी गरे । उनले सरकारका उपप्रधानमन्त्रीहरुले राष्ट्रको मर्यादा नराखी केटाकेटी कुरा गर्दै हिडेको आरोप समेत लगाए ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top