भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

२५ जेठ, काठमाडौं । मंगलवार बिहान निधन भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको शव नौ बजेपछि मात्रै आइसीयुवाट निकालिने भएको छ ।

अस्पताल परिसरमै रहेका अनलाइनखबरकर्मी कविन अधिकारीका अनुसार अस्पताल र परिवारका सदस्यले संयुक्त पत्रकार सम्मेलन गरेपछि मात्रै शवलाई आईसीयुवाट निकालिने भएको छ ।

बिहान ८ बजे लामा गुरुहरु अस्पताल पुगेका छन् । लामा गुरुहरुले दाह संस्कारको लागि उपयुक्त साईत हेरेर त्यसवारे पत्रकार सम्मेलन मार्फत जानकारी दिईने छ ।

पत्रकार सम्मेलनपछि गुरुङको सवलाई श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । उनको उपचारको क्रममा बिहान २ः३० वजे ग्राण्डी अस्पतालमा निधन भएको थियो 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top