भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

जेष्ठ २४ ,२०७३- 
लामो समयसम्म पानी नपरेपछि भोजपुरको भुल्के गाविसका किसानले भ्यागुताको बिहे गराएका छन् ।

किसानले गाविसको वडा नं– १ र ४ स्थित जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चैबाजासहित नौ–नौ जना पण्डित पढाएर भ्यागुताको बिहे गराइदिएको स्थानीय किसान बाबुराम बन्जाराले जानकारी दिए । बेहुला पक्षका किसानले पञ्चकन्या मूलबाट बेहुला भ्यागुतो लिएर पण्डितसहित ‘हरहर महादेव, पानी देऊ देऊ’ भन्दै जाल्पादेवी मूलमा पुगेका थिए । बेहुली पक्षका किसानले भने धूमधामका साथ पण्डित पढाएर बेहुली भ्यागुतालाई बिदावारी गरेका थिए । बेहुली पक्षले पनि महादेवसँग पानी माग्दै नौ जना पण्डित पढाएका थिए । उक्त विवाहमा ३ सयभन्दा बढी किसानको सहभागिता थियो ।

पानी पर्छ भन्ने विश्वासमा भ्यागुताको बिहे गराइदिएको विवाह व्यवस्थापन समितिका ज्ञानराज भट्टराईले बताए । भोजपुरका केही भागमा लामो समय पानी नपर्दा किसानले बारी जोत्ने, मकै छर्नेजस्ता काम गर्न नपाएको टक्सारका किसान श्रीप्रसाद श्रेष्ठले बताउँछन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top