भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

सामान्यतया धेरै युवायुवतीहरुलाई किशोर अवस्थामा डण्डिफोरको समस्याले साह्रै सताउने गर्छ । डण्डिफोरका कारण धेरैको सौन्दर्यतामा समेत असर पुराएको हुन्छ । कतिपय युवायुवतीहरु डण्डिफोरको समस्यालाई लिएर चिन्तित हुने गर्छन् । सामान्यतया हर्मोनल परिवर्तन र बाह्य कारकतत्वका कारण आउने डण्डिफोर विभिन्न कारणले आउँने गर्छन । डण्डिफोर पनि सबै कारणले एकै ठाउँमा आउने अथवा एउटै कारणले आउने भन्ने हुँदैन । आज हामी के कारणले डष्डिफोर शरिरको कुन भागमा आउछ भन्ने बारेमा चर्चा गरौं ।

१. निधारमा डण्डिफोर पाचनमा गडबडी अथवा शरिरमा पानीको कमीका भयो भने निधारमा डण्डिफोर आउछ । पाचनमा गडबडी र आहारमा पानीको कमीले शरिरमा टक्सिनको निर्माण हुने गर्दछ । तपाईको निधारमा डण्डिफोर आएर समस्यामा हुनुहुन्छ भने एन्टीअक्सीडेन्टयुक्त खाद्य पदार्थका साथै ग्रीन टी र पानीलाई भरपुर मात्रामा खानुहोस् । यसका साथै सोडा र डेरी उत्पादनको सेवन कम गर्नुहोस ।

२. आँखाको बिचमा र नाकको माथि डण्डिफोर यदि तपाईलाई फोक्सोसम्बन्धि रोग छ भन्ने आँखाको बिचमा र नाकको माथि डण्डिफोर आउने चिकित्सकहरु बताउँछन् । खानाको गलत बानी व्यवहार, राती ढिलासम्म खाना नखाने अथवा खानामा पनिर अथवा क्रिमको मात्रा बढि हुँदा पनि आँखाको बिचमा र नाकको माथि डण्डिफोर आउछ । तपाईलाई आँखाको बिचमा र नाकको माथि डण्डिफोर आएर सताएको छ भने स्वस्थ र सक्रिय जीवनशैलीद्वारा आफ्नो फोक्सोलाई स्वस्थ राख्नुहोस् ।

३. गालामा डण्डिफोर श्वास प्रणालीसँग सम्बन्धित रहेर गालाको डण्डिफोर आउने विशेषज्ञहरु बताउँछन् । प्रदुषित हावामा सास लिएका कारण तपाईंको गालामा पिम्पल्स देखिने गर्दछ । धुम्रपान अथवा निष्क्रिय धुम्रपान पनि यसको मुख्य कारण बन्ने गर्दछ । प्रदुषण यसको लागि अर्को कारण हो । यसका साथै मोबाइल फोनको प्रयोग पनि डण्डिफोरको कारण बन्ने गर्दछ । तपाईंको मोबाइलमा एकत्रित भएको किटाणुको फोहोर तपाईंको अनुहारमा सर्ने गर्दछ । सधैं आफ्नो मोबाइललाई नियमित रुपमा सफा गर्ने बानी बसाल्नुहोस् ।

४. चिउँडोमा डण्डिफोर चिउँडोमा डण्डिफोर सानो आन्द्रासँग सम्बन्धित हुने गर्दछ । आफ्नो आहारबाट तारेको भुटेको र मसालेदार भोजनको जाँच गरेर तपाईं आफ्नो पाचनमा सुधार ल्याउन सक्नुहुन्छ । यसका साथै यस्तो खाद्य पदार्थलाई आफूसँगै नराख्नुहोस् जसले तपाईंको पिम्पलको लागि एक ट्रिगरको रुपमा काम गर्दछ ।

५. बंगाराको रेखामा डण्डिफोर थुप्रै महिलाहरु महिनावारीको क्रममा बंगाराको लाइनमा डण्डिफोर नोटिस गर्ने गर्दछन् । अनुहारको यो हिस्सा हर्मोनसँग सम्बन्धित हुन्छ । र कुनै पनि प्रकारको हर्मोनल परिवर्तन अथवा असन्तुलन डण्डिफोरको कारण बन्ने गर्दछ । यो ठाउँमा डण्डिफोरको सम्भावना कम गर्नको लागि शरिरलाई चाहिने पानी पिउनुहोस् र पर्याप्त निदाउनुहोस् ।

६. ओठको आसपास डण्डिफोरओठको वरिपरि डण्डिफोरको अर्थ पाचन प्रणालीमा गडबडी हो । यदि तपाईं पेटमा दुखाई र कब्जियतलाई पटक–पटक अनुभव गरिरहनुभएको छ भने तपाईं निकै संवेदनशील र कमजोर हुनुहुन्छ । तपाईंले आफ्नो शरिरमा चिन्तित हुन आवश्यक छ । आफ्नो आहारामा फाइबरयुक्त खानेकुरा संलग्न गर्नुहोस् । र प्रत्येक खाना पछि एक कप ग्रिन टी पिउनुहोस् ।

७. नाकको आसपास डण्डिफोर अचानक नाकको वरिपरि टूलो र सुन्निएको डण्डिफोर हुनु प्रजनन प्रणालीमा परिवर्तन हुनु अथवा अण्डाशयसँग जोडिएको रोग हुनसक्छ । नाकमा डण्डिफोर हृदय प्रणालीको समस्याको संकेत पनि हुनसक्छ । मुटुमा भिटामिन बी र प्रोटिनको कमी पनि हुनसक्छ । तपाईंको छालामा पोषक तत्व र ब्लड सर्कुलेसनको कमीबाट पनि ग्रस्त हुन्छ । यो समस्याबाट बच्नको लागि आफ्नो आहारमा भिटामिन बी, हरियो तरकारी, फलफूल, माछाको मात्रा बढाउनुहोस् ।-स्वास्थ्य खबरपत्रिका ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top