भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
२४ जेठ, काठमाडौं।
जारी लोडसेडिङ दैनिक एक घण्टा घट्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मंगलवारदेखि लागु हुने गरी लोडसेडिङको समय एक घन्टा घटाउने भएको हो । नयाँ तालिका अनुसार अब दैनिक नौ घन्टा लोडसेडिङ हुने छ।
नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिएको प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए । उनका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ ।
प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी विद्युतभार कटौती गर्ने जनाएको छ ।nepaliheadlines
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment