भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
अम्बरको निधन, अन्तिम संस्कार तथा श्रद्धाञ्जली कार्यक्रमबो ग्रान्डी अस्पतालमा आयोजित छोटो पत्रकार सम्मेलनमा बोल्दै किशोरले बाबाले ठूलो सपना देखेकैले राष्ट्र र जनताले नबिर्सने गरी सांगीतिक छाप छाड्न सकेको उनले बताए । ‘बाबाको सपना धेरै ठूलो थियो, यो कुरा बाबाले गाउनु भएका र संगीत दिनुभएका गीतबाट पनि तपाईंहरुले बुझ्न सक्नुहुन्छ ।'
मंगलबार बिहान २ बजेर ३७ मिनेटमा ७९ वर्षको उमेरमा निधन भएका राष्ट्रगाकका संगीतकार समेत रहेका गुरुङको पार्थिव शरीर ग्रान्डी अस्पतालबाट बिहान १० बजेर ५१ मिनेटमा निकालिने भएको छ ।
संगीतकारसमेत रहेका किशोरले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अम्बरको पार्थिव शरीरलाई ११ बजेदेखि साढे २ बजेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने भएको छ । त्यसपछि दिउँसो ३ बजेबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने भएको छ । अन्नपूर्ण पोस्ट्बाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment