भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
पेरिस: मुसलधारे पानीका कारण सिन नदीमा पजलको स्तर बढेपछि मूल्यवान कलाकृति बचाउन पेसरसस्थित विश्वविख्यात लुभ्र र ओरसे संग्रहालय बन्द गरिएको छ। केही दिनदेखिको वर्षाले त्यहाँ बाढीले १७ जनाको मृत्यु भएको छ।
हजारौं व्यक्ति विस्थापित भएका छन्। पेरिसका बासिन्दालाई सीन नदीबाट टाढा रहन भनिएको छ । नदीमा पानीको स्तर निकै खतराजनक छ । नदीमा जलको तह ५ मिटरभन्दा पुगेको छ। जर्मनीमा २ र रोमानियामा २ जनाको मृत्यु भएको छ।
बेल्जियममा १ जनालाई बाढीले बगाएको छ। फ्रान्सका वातावरणमन्त्री सेगोलिन रोयलले फ्रान्सका गाउँमा पानीको तह घटेको र लास फेला पर्न लागेको जानकारी दिएका छन्। लुभ्र र ओरसेमा वार्षिक १ करोड २५ लाख पर्यटक आउने गरेका छन् । ती संग्रहालयका कलाकृति माथिल्लो तलामा सारिएका थिए।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment