भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

अम्बर कहिल्यै ननिभ्ने तारा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संगीतज्ञ अम्बर गुरुङको निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनलाई नेपालको संगीत आकाशका कहिल्यै ननिभ्ने तारा बताएका छन् । 

Image result for amber gurung

‘नेपाली गीत संगीतको उन्नयनमा जीवन व्यतित गर्नु भएका स्वर्गीय अम्बर गुरुङ नेपालको सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहनु हुनेछ,’ प्रधानमन्त्रीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ । 

ओलीले नेपाल र नेपालीलाई गुरुङले लगाएको गुण मुलुकले सदा स्मरण गरिररहने पनि बताएका छन् । 

‘नेपाली सांगीतिक आकाशका उज्ज्वल तारा, नेपाली सुगम संगीतलाई समृद्ध बनाउने अभियन्ता तथा नेपाली राष्ट्रगानका संगीतकार अम्बर गुरुङको निधनले मलाईं स्तब्ध तुल्याएको छ,’ वक्तव्यमा भनिएको छ । उनले गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 
‘नौलाखतारा उदाए’ बाट सुरु भएको गुरुङको देशभक्तिपूर्ण उचाई नेपाली राष्ट्रगानको संगीतसम्म आइपुग्दा झनै माथि पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

गुरुङले पश्चिमा शास्त्रीय संगीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीय संगीत र लोक भाकामा मिलाएर संगीत सिर्जनालाई नयाँ आयाम दिएको पनि उल्लेख गरिएको छ ।

यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि विज्ञप्ति प्रकाशित गर्दै गुरुङको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । गुरुङले नेपाली संगीतमा पुर्याएको योगदानको उच्च कदर गर्दै उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेलले पनि शोक वक्तव्य जारी गर्दै गुरुङको निधनले नेपाली संगीतमा अपूरणीय क्षति पुगेको बताएका छन् । 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top