भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

थाइल्याण्ड–थाईल्याण्डको 'टाइगर टेम्पल'बाट बाघ हटाउने काम शनिबार सकिएको छ । थाई प्रहरी तथा राष्ट्रिय निकुञ्जका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले मन्दिरमा रहेका १३७ वटा बाघ स्थाथान्तरण गरिएको जनाएको छ । मन्दिरलाई अनधिकृत रुपमा बाघको पालन गरेर र अवैध प्रजनन् गराउने गरेको आरोप लाग्दै आएको थियो । मन्दिर पदाधिकारीले आरोपको खण्डन गर्दै आएका भएपनि गत बुधबार ४० डमरु मृत फेलापरेपछि आरोप सत्य ठहरिएको थियो । बौद्ध मन्दिरले २० वर्ष अघि पहिलो पल्ट बाघ पाल्ने अनुमति पाएको थियो तर त्यसको फाइदा उठाउँदै भिक्षुहरुले मन्दिरलाई कमाईको भाँडो बनाएका थिए ।

स्थानान्तरण सकिएसँगै पुलिसले २२ जनामाथि बन्यजन्तु तस्करीको आरोप लगाएको छ । राष्ट्रिय निकुञ्जका प्रवक्ता एडिसोर्नले अभियुक्त विरुद्व वन्य जन्तु तस्करीको अभियोग लगाइएको जानकारी गराए । जसमध्ये १७ जना मन्दिरका व्यवस्थापन समितिसँग आबद्व छन् भने ३ जनालाई बिहीबार ट्रकमा बाघको छाला तथा हड्डी लिएर भाग्दै गर्दा समातिएको थियो ।

सन् १९९४मा जंगलको छेऊमा मन्दिर निर्माण गरिएको थियो । त्यसको ५ वर्षपछि मन्दिरको छेऊमा डमरु भेटिएको थियो । शिकारीहरुले आमार्ला मारिदिएका कारण डमरु अलपत्र परेर मन्दिर छेऊसम्म आईपुगेको अनुमान गरिएको थियो । त्यसयता भिक्षुहरुले निरन्तर डमरु हुर्काउँदै आईरहेका थिए । मन्दिर यही कारणले 'टाइगर टेम्पल' कारण लोकप्रिय हुँदै आएको थियो ।

वन्यजन्तुको अधिकारका लागि काम गरिरहेका थुप्रै संस्थाले यसको विरोध गर्दै मन्दिर बन्द गर्न आग्रह गर्दै आएपनि भिक्षुहरुले अटेर गर्दै आएका थिए । थाईल्याण्ड हात्तीको दाँत सहित थुप्रै अवैधानिक तस्करीका लागि प्रख्यात ठाउँ मानिन्छ । वन्यजन्तु विभागले अघिल्लो सोमबार मात्र मन्दिरमा छापा मारेको थियो । स्थान्तरण गरिएका सबै बाघलाई सरकारी प्रजनन् केन्द्रमा राखिएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top