भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
क्वालालम्पुर (मलेसिया) । मलेसियाका प्रधानमन्त्री नजिव रजाकको विपक्षी समूहले उहाँको नेततृत्व कालमा आर्थिक अनियमितता मौलाएको बताउँदै वैकल्पिक दलको आवश्यकता भएको जिकिर गर्दै नयाँ पार्टी दर्ताका लागि निवेदन परेको छ ।
नयाँ पार्टीले रजाकको शासन कालमा देखिएका आर्थिक अनियमिततालाई हटाउँदै देशमा सुशासन कायम गर्ने गत वर्ष उपप्रधानमन्त्रीबाट रजाफद्वारा हटाइनुभएका मुहयिद्धिन यसिनले बताउनुभएको छ । नयाँ पार्टीको नाम प्रिभूमी बेसातु मलेसिया (युनाइटेड मलेसियन पिपुल्स पार्टी) प्रस्ताव गरिएको छ ।
नयाँ पार्टीको अध्यक्षमा मलेसियामा २२ वर्ष सत्ता सम्हालेका पूर्वप्रधानमन्त्री महाथिर मोहमद बन्ने सम्भावना रहेको यसिनका सहयोगीले बताए । महाथिरले वर्तमान प्रधानमन्त्रीको शासनपद्धति माथि आपत्ति जनाउँदै सन् २००१६ को फेब्रुवरीमा नजिवको युनाइटेड मलाय नेशनल अर्गनाइजेशन नामक पार्टीबाट बाहिरिनुभएको थियो ।
News24 Nepal
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment