भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन १८, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापनामा जुटिरहएका सूचना–प्रविधि अभियानकर्मी महावीर पुनलाई घट्टेकुलोस्थित सूर्योदय पब्लिक स्कुलका कक्षा ५ का निशान घिमिरेले रु पाँच हजार सहयोग गरेका छन् ।
यहाँ आज आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष लक्ष्यबहादुर केसीले आफ्ना विद्यार्थीले सहयोग गरेको उक्त रकम पुनलाई हस्तान्तरण गरेका छन । यसअघि आविष्कार केन्द्र खोल्न सहयोग माग्दै जनताको आँगनमा पुगेका पुनले त्यसका लागि पोखरास्थित आफ्नो २८ रोपनी जग्गा दान दिने घोषणा गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईका पालादेखि चार सरकार प्रमुखलाई उनले आविष्कार केन्द्र खोल्न सहयोग वा सहुलियतमा ऋण दिन आग्रह गरेका थिए। तर प्रत्येक प्रधानमन्त्रीले उहाँलाई आश्वासन दिए पनि सहयोग दिएका छैनन् ।
म्याग्दी निवासी पुनले आफ्नो जिल्ला र छिमेकी जिल्ला पर्वतका गाउँ गाउँमा एकल प्रयासले ‘वायरलेस नेटवर्क प्रोजेक्ट’ सञ्चालन गरेर देश र समाजलाई सेवा पु¥याउँंदै आएका छन । विज्ञान प्रविधि केन्द्रका संस्थापक समेत रहएका उनले स्थानीयस्तरमै अनुसन्धान केन्द्र खोलेर ग्रामीण क्षेत्रका जनतालाई सहयोग गर्दै आएका छन । गाउँमा बेतारे सञ्जालमार्फत सामाजिक र आर्थिक क्रान्ति गरेकामा पुनले सन् २००७ मा ‘रामोन म्यागासेसे सम्मान’ पाइसकेका छन ।
अभियानकर्मी पुनले गाउँलाई प्रविधियुक्त बनाउने आफ्नो योजनाबारे जानकारी दिँदै सबैको सहयोगले मात्र आफू सफल हुने बताए । छात्र घिमिरेले पुनको अभियानबाट प्रभावित भएर आफूले प्रतीकात्मक रुपमा मात्र सहयोग गरेको बताउँदै आफ्नो यो कार्यले सम्बन्धित निकायको ध्यानाकर्षण हुने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचार

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top