भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

आजको नयाँ पत्रिका दैनिकमा खबर छ-
काठमाडौं, २२ साउन । गौतम संसदीय दलको नेता बन्नेक्रममा उहाँ (ओली)ले ‘मलाई दलको नेता निर्वाचित गर्नुस्, पार्टी अध्यक्ष बन्न सजिलो होस् भन्ने पृष्ठभूमिका लागि म दलको नेता बन्ने हो ।
अध्यक्ष हुनासाथ तपाईंलाई नै दलको नेता बनाउने हो’ भन्नुभएको थियो । हेर्नु नै राम्रो हुन्छ भन्ने ठानेर म त्यसवेला केही बोलिनँ । सर्त राखेर पार्टी काम गर्ने मान्छे पनि म होइन । नवौा महाधिवेशनको घोषणा भएपछि उहाँले ‘मलाई अध्यक्षमा सहयोग गर्नुस्, दलको नेताचाहिा अहिले केही (परिवर्तन) नगरौ ।
तर, भविष्यमा एमालेलाई प्रधानमन्त्री बन्ने अवसर आयो भने म प्रधानमन्त्री हुँदा तपाईं पार्टी अध्यक्ष, यदि म अध्यक्ष रहिरहेँ भने तपाईं प्रधानमन्त्री, यसरी हामीले मिलेर काम गर्नुपर्छ’ भन्नुभएको थियो । त्यतिवेला पनि मैले कुनै प्रतिक्रिया दिइना ।
म सर्तमा काम गर्ने मान्छे होइन, पहिले तपाईंलाई पार्टी अध्यक्ष निर्वाचित गर्न खुलेर साथ दिन्छु भनेँ र साथ दिएा पनि । यसबाहेक मसँग कुनै सर्तसहितका कुराहरू भने भएका होइनन् । उहाँले जे सहमति गर्नुभयो त्यो कार्यान्वयन भने गर्नुभएन ।khabardabal

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top