भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

ललितपुर- काठमाडौं उपत्यकाका काठमाडौं, पाटन र कीर्तिपुरमा ३६ वर्षको अन्तरालपछि ङतभुलु अजिमा (नरदेबी श्वेतकालीमाई) को नाच पाटन दरबार क्षेत्रमा भैरहेको छ। काठमाडौंमा रहेको नरदेबीका १९ अवतार रहने गुठियारमध्यका मुल नाईकेलाई देबी प्रकट नभएकाले पर्व रोकिएको हो।
नरदेबी श्वेतकाली संरक्षण तथा ब्यवस्थापन समितिका अनुसार श्वेतकाली,कुमारी, भैरब र बाराहीमा देबी प्रकट नभएकाले २०३६ सालपछि एकैपटक २०६६ मा क्षमा पुजागर्दै पर्वको निरन्तरता गरिएको हो । समितिका अनुसार २०६६ सालबाट सुरु भएको देबी नाच २०६८ सम्म काठमाडौंको तलेजु भवानी मन्दिरमा रहेको दश अवतार डबलीमा सम्पन्न भै सकेको छ ।
मुल नाईके मचाराजा डंगोलका अनुसार देबी प्रकट भएपछि मन्दिरका ढोका आफै खुल्ने गर्छन । यस्तै मन्दिरको ढुकुटी समेत आफै खुलेर त्यहाँ भएका देबीका गरगहना लगाएर नरदेबी नाच डबलीमा नाचेपछि पर्व सुरु भएको मान्निछ । उनका अनुसार प्रत्येक वर्ष नरदेबीमा नाच हुदै आएको छ । यस्तै १२ वर्षमा हुने नाच काठमाडौं उपत्यकाका तीन स्थानमा हुनेभएकाले सुरु भएको १२ वर्षमा नै पुरा हुनेगर्छ ।
काठमाडौंको नरदेबीबाट कुमारी रथले परिक्रमागर्ने स्थानहुदै पाटनको पुल्चोकमा आएका १९ देबी अवतारलाई विहिबार बाजागाजा सहित पाटन दरबार क्षेत्रको कार्तिक नाच डबलीमा ल्याईएको थियो । कार्तिक डबलीमा विहिबार मध्यरात र शुक्रबार अबेरसम्म नाच र पर्व गरिएको थियो । पाटनमा दुई दिनसम्म १९ देवी, अवतार र दैत्यको भूमिकामा रहने देवगण, अवतार र दैत्यले नाचगर्ने परम्परा रहेको छ। असुर माथि सत्यको बिजय र रक्षाकी देबीका रुपमा राक्षस वध नाचको मुख्य अंस रहेको छ।
काठमाडौंको प्राचिन बस्ती नरदेबीमा रहेकी ङतभुलु अजिमाको पर्वका रुपमा विभिन्न रुपधारण भएकी र अवतारमा देखिने नरदेबीको माताको भुमिका देखाउदै पाटनको कार्तिक नाच डबली, काठमाडौंको दश अवतार डबली र कीर्तिपुरको लायकु डबलीमा १२ वर्षे देबीनाच आयोजना हुनेगर्छ । उत्तरमा थँबहीदेखि दक्षिणमा ओनदेसम्मको मध्यभागमा नेवारीमा ङतभुलु अजिमा नरदेबीले सबैको रक्षा र असत्यमाथि जितको स्वरुपका रुपमा देबीनाच आयोजना हुदै आएको हो।
किम्वदंती अनुसार बनेपाका राजा शिकार खेल्न नरदेबी आउदा किलागलका हात्तीको आक्रमणमा परेको र उनलाई बचाउन देबी प्रकट भएको जनबिश्वास रहदै आएको छ । कुमारी, भैरब, बाराही, गणेश, महालक्ष्मी, नारायणी इन्द्रायणी, रुद्रायणी, ब्रह्मायणी, सिंघ्रनी, ब्याध्रिनी, करुणामय, महाद्यः, चण्डेश्वरी, कुमार, दैत्य, ध्वं र खिचा जस्ता देव, दैत्य र अवतारका भुमिकामा देवगणको रुपमा कार्तिक नाच डबलीमा देबीनाच हुनेगर्छ । देवगणको भोगका लागि नाचहुने स्थानमा दुईवटा राँगा र पाँचवटा थुमाको बलि दिने गरिन्छ।
ङतभुलुका मुल नाईके मचाराजा डंगोलले लिच्छबीकाल देखि नाचको परम्परा चल्दै आएको बताए। उनका अनुसार २०३६ सालमा तात्कालिन राजदरबारले नाचका लागि दुईलाख रुपैयाँ उपलब्ध गराउनुका साथै राजा र राजपरिवारले नाच हेरेको थियो । डंगोलले त्यसपछि नाचको सम्पूर्ण प्रवन्ध गुठियार र समुदायले गर्दै आएको बताए। -

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top