भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
ओलम्पिक इतिहासको सबैभन्दा सफल खेलाडी मानिने अमेरिकी पौडीबाज माइकल फ्लेप्स स्वर्ण जित्ने आफ्नो अभियानमा अझ रोकिएका छैनन्। उनले ओलम्पिकमा स्वर्णको संख्या २१ पुर्याएका छन्।
गएराति २ सय मिटर बटरफ्लाईमा स्वर्ण जितेपछि उनले स्वर्ण संख्या २० पुर्याएका थिए। यो उनको सबैभन्दा विशेष स्पर्धा हो। किनभने उनले यही स्पर्धामा तेस्रो स्वर्ण जितेका हुन्। दुई दिनअघि ४ सय गुणा सय मिटर रिलेमा उनले आफ्ना सहयोगीसँगै रियो ओलम्पिकको पहिलो स्वर्ण जितेका थिए।
२ सय मिटर बटरफ्लाईमा स्वर्ण जितेको केही समयपछि नै फ्लेप्सले स्वर्ण संख्या २१ पुर्याए, जब उनले फेरि आफ्ना सहयोगीसँग मिलेर ४ गुणा २ सय मिटर फ्रिस्टाइलको स्पर्धा जिते। यतिबेला स्वर्ण जित्न उनलाई कोनोर डावेर, टाउन्ले हास र रायल लोच्सेले सघाएका थिए।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment