भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
साउन १७, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ९ गते पदबाट राजिनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आह्वान गरेको एक साताको समय सकिएपछि आजबाट बहुमतीय प्रक्रिया शुरु हुने भएको छ ।
सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले साउन १० गते एक साताको समय दिएकी थिइन् । संविधानको धारा २९८ को उपधारा (२) अनुसार दलीय सहमतिको सरकार गठन हुन नसकेपछि बहुमतीय प्रक्रिया शुरु हुने भएको हो । राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न ब्यवस्थापिका संसदलाई पत्राचार गरेपछि संसदले प्रक्रिया अघि बढाउने छ ।
संविधानको धारा २९८ को (३) उपधारा (२) बमोजिम सहमति कायम हुन नसके व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित गरिने व्यवस्था छ ।
आइतबार राति १२ बजेबाट सहमतीय सरकार गठनको समय सकिएपछि सोमबार बस्ने संसद् बैठकले बहुमतीय प्रक्रिया सुरु गर्नेछ । संसद बैठक सोमवार दिउँसो ३ बजेदेखि बस्दैछ ।
संसद् बैठकले निर्वाचन कार्यतालिका तय गर्नेछ । राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि संसदलाई पठाएको पत्र पढेर सुनाएपछि निर्वाचन कार्यक्रम तय गरिने संसद सचिवालयले जनाएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment