भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

२१ साउन, काठमाडौं ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्रीकोरुपमा सरकारी निवास बालुवाटार छोडेको २ दिन पछि ओलीले ब्यक्तिगत ट्वीट ह्याण्डलबाट सबैलाई धन्यवाद दिएका हुन् ।
ओलीले प्रधानमन्त्रीकोरुपमा प्रयोग गर्दै आएको अफिसियल ट्वीटर पिएम नेपाल प्रचण्डको सचिवालयले चलाउन शुरु गरेको छ ।
प्रचण्डको सपथग्रहण समारोहमा भागदौड भएपछि…
ओलीले ब्यक्तिगत ट्वीटर अकाउन्टमा लेखेका छन्, “मलाई प्रमको रूपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद!” । ओलीले आफूलाई सहयोग गर्नेहरुलाई अंग्रेजी र नेपाली दुवै भाषामा धन्यवाद दिएका छन् ।
आजै मात्र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषदले अघिल्लो सरकार (ओली सरकार) ले गरेको राजदुत सिफारिसको निर्णय उल्ट्याएको छ ।
राजनीतिक पृष्ठभूमिबाट सिफारिस गरिएका १४ जना प्रस्तावित राजदुतको नाम फिर्ता लिने निर्णय शुक्रबार विहान सिंहदरवारमा बसेको मन्त्रीपरिषदको बैठकले गरेको हो ।nepaliheadlines

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top