भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
साउन २३, ललितपुर। ललितपुर उपमहानगरपालिका धापाखेलमा रहेको नागदहमा नागपूजा गर्ने भक्तजनको भीड लागेको छ ।
पूजाका लागि आवश्यक पर्ने सामग्री लिएर बिहानैदेखि लामबद्ध रुपमा भक्तजनको उल्लेखनीय सहभागिता रहेको छ । दहको छेउमै नागको प्रतीकका रुपमा नागको मूर्ति स्थापना गरिएको छ ।
नागपञ्चमीका दिन नाग पूजा एवम् दर्शनका लागि यहाँ चापागाउँ, झरुवाराशी, गोदावरी, सुनाकोठी, पाटन, लेले, छम्पी, ठेचो, गोदामचौर, ठैवलगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहेको स्थानीयवासी देवराज विष्टले बताउनुभयो ।
हरेक साउन शुक्ल पञ्चमीका दिन नागको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन हरेक घरको मूलढोकामा नागको तस्बिर राखेर नागको पूजा गरेर नागपञ्चमी मनाउने गरिन्छ ।
नागपूजा गर्नाले आगो, चट्याङ एवम् सर्पको भय नहुने जनविश्वास रहँदै आएको छ । हिन्दू धर्मअनुसार सर्पहरुको राजा नागलाई मान्ने गरिन्छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment