भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन २५, काठमाडौं। नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रभावशाली विज्ञले बताएका छन् ।
हाल नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ इन्रनेसनल कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका अध्यक्ष जी चियेले चीन अध्ययन केन्द्रद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
सीआईसीआईआर चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको स्टेट काउन्सिल मातहत रहने बौद्धिक संस्था हो ।
‘उही वर्ष हाम्रा राष्ट्रपतिको नेपाल भ्रमण हुनेछ र यसबाट दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुनेछ,’ उनले भने । केपी ओली नेतृत्वको सरकारको बहिर्गमनपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको नयाँ सरकारको कार्यकालमा चिनियाँ राष्ट्रपतिको भ्रमण नहुने हो कि भन्ने आशंका रहेका बेला जीको यस्तो भनाइ आएको हो ।
-अन्नपूर्ण पोष्ट दैनिक

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top