भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

१, मेष :- कुनै योग्यताको कारण तपाईको सम्मान हुनेछ , नयां विचार र तरिका अपनाउनु भएमा फाइदा हुनेछ l सोचे अनुरुपको काममा सफलता पनि मिल्नेछ l मित्रजनसंग समय बित्नेछ l दिन तपाईंका लागि शुभ रहेको छ l शारीरिक तथा मानशिक उर्जा पनि बढ्ने छ l धन लाभ पनि हुन सक्नेछ l स्वास्थ्यको ख्याल गर्नुहोला l पढाईमा आलश्यता बढ्ने छ l
२, वृष :- आज प्रत्येक काममा सफलता मिल्नेछ l मिहेनत पनि कम नै गर्नुपर्ला l कुनै काम आफ्नो पक्षमा हुनेछ र नोकरी र ब्यबशायमा केहि चुनौती बेहोर्नु पर्ला l सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ l सानो सानो कुरामा हताश नहुनुहोला l कार्यक्षेत्र तथा व्यापारबाट यात्रा पनि हुन सक्ला l आय आर्जन पनि हुनेछ l विद्यामा रोकावट आउन सक्नेछ l आलाश्यबाट बच्नु होला l
३, मिथुन :- कोहि कसैबाट सहयोग पनि पाउनु हुनेछ l समय संगै अघि बढ्नु होला l योजना बाट चाडै राम्रो खबर पनि आउला l झिना मसिना समस्याहरु सुल्झने छन् l आज कुनै नयां कामगर्नु पुर्व सोचविचार गर्नुहोला l कुनै कुरालाई लिएर चिन्ता नगर्नु होला l जीवनसाथी संगको सम्बन्ध राम्रो हुनेछ l कुनै कर्जा पनि लिनुपर्ला l अनावश्यक खर्च बाट बच्नुहोला l बिद्यामा सफलता मिल्नेछ l स्वास्थ्य राम्रो हुनेछ l
४, कर्कट :- दिन आराम पुर्वक बित्नेछ l कुनै खाश काममा चुनौती पनि नहोला l कामको शिलशिलामा यात्रा पनि गर्नुपर्ला | आज मिहेनत गर्नको लागि जति सक्दो समय दिनुहोला | कुनै महत्वपुर्ण फैशला पनि आज गर्नु पर्नेछ | नोकरीमा कुनै विवाद हुन सक्ला | कुनै दुर्घटनाको शिकार पनि हुनपर्ला सावधानी अपनाउनु होला | अचानक धन लाभ पनि हुनेछ | विद्यामा आनन्द मिल्नेछ | स्वास्थ्य सामान्य रहला |
५, सिंह :- आज गरिने पहल र नंया कदम समयमा राम्रो फल दिने हुनेछ | सोचेको काम आज गर्नु राम्रो हुनेछ | महत्वपुर्ण कामलाई प्राथमिकता दिनु हुनेछ र आफुलाई निर्बल पनि नसम्झनु होला | आर्थिक क्षेत्रमा उदार हुनु हुनेछ | पारिवारिक समस्याको सामना पनि गर्नुपर्नेछ र आफ्नो समय र उर्जा पनि खर्चनु पर्ला | स्वास्थ्य सामान्य रहनेछ र शरीर स्फुर्त पनि रहनेछ |
६, आज आफ्ना कामहरु चाडै नै पुरा हुनेछन | कुनै नयां जिम्मेवारी पनि वहन गर्नुपर्ला | पारिवारिक र धन सम्पत्तिको क्षेत्रमा आफु ब्यस्त रहनुपर्ला | धन लाभको योग पनि रहेको छ | कुनै आफन्तजनका स्वभाव र ब्यबहारका कारण आफुमा नयांपनको विकास हुनेछ | अरुको सल्लाहलाई ज्यादा महत्व नदिदा राम्रो हुनेछ | पतिपत्नी बीच मनमुटाव हुनपनि सक्ला | धन लाभ पनि हुनसक्नेछ विद्यामा सफलता मिल्नेछ , रोगबाट पनि मुक्तिमिल्नेछ |
७, तुला :- कुनै काम नयां तरिकाबाट गर्नुहुनेछ | आर्थिक कारोवार गर्दा विचार पुर्याउनुहोला | कुनै खाश कार्यमा सहकार्यता बाट मदत लिनुहोला | सोचेको काम पुराहुने छ | आय आम्दानि पनि बढ्नेछ | घर जग्गा जमिन सम्बन्धि विवादको पनि नाश हुनेछ | पुरानो कुरा तथा चिन्ताले सताउन सक्ला |कानूनी सफलता पनि मिल्नेछ | नोकरी तथा ब्यबशायमा कुनै समस्या पर्न सक्ला | टाउकोको समस्या पर्न सक्छ |
८, वृश्चिक :- आज तपाईंको ध्यान काम पुरा गर्ने तर्फ़ हुनेछ | कुनै पुरानो र कुनै कारणबाट रोकिएको काम पनि पुरा हुन सक्ला | आर्थिक अवस्था घर तथा परिवारसंग सम्बन्धित हुनेछ | कुनै पनि काम आफुले सोचेअनुसारको हुनेछैन | धैर्यता राख्नुहोला समयअनुसार ठिक हुनेछ | कुनै राम्रो ब्यक्तिसंगको भलाकुसारीले आफ्नो तनाव कम हुनेछ | आफ्नो कामको लागि दौडधुप पनि गर्नुपर्ला र खर्च पनि बढ्न सक्छ | दाम्पत्य जीवन शुखमय रहनेछ | कुनै पुरानो रोगको शिकार बन्नुपर्ला |
९, धनु :- कुनै पनि काममा धैर्यता राख्नु होला | मनको भावना कुनै पनि भारोषायुक्त व्यक्तिसंग मात्र पोख्नुहोला | तपाईंलाई सबैतिरबाट सहयोग मिल्न सक्नेछ | काममा भएको दोधार पनाको पनि नाश हुनेछ | आज सबैको आकर्षणको पात्र पनि बन्नुहुनेछ | आफन्तजन प्रतिको मनमुटाव पनि निर्मुल हुनेछ | लेनदेनमा विचार पुर्याउनुहोला | स्वास्थय केहि बिग्रन सक्ला |
१०, मकर :- आज निर्मित योजना र गर्नुभएको निर्णय अबका दिनमा फाइदाजनक हुनेछ | कुनै परिवर्तन भएको परिस्थितिमा सुधार पनि गर्नुपर्ला | पढाईमा मन जानेछ | कुनै अपरिचित व्यक्तिसाथ् कुराकानी तथा ब्यापारमा नयां सम्झौता पनि हुनसक्ला | कुनै व्यक्तिबाट गोप्यकुरा प्राप्त पनि होला जसबाट आफ्नो मन पनि शान्त होला | विवाह प्रस्ताव पनि आउन सक्ला | कार्यक्षेत्र सफल रहनेछ | स्वासथ्य सामान्य रहला |
११, कुम्भ :- आज मनमा आनदको अनुभूति हुनेछ तथा काम पनि राम्ररी सम्पन्न हुनेछ | मिहेनतद्वारा सफलता मिल्नेछ | दिन उत्शाह र उर्जायुक्त होला | साथीभाई संग सम्पर्क र कुराकानी हुनेछ | तपाईंको सबै प्रयाश पनि सफल होलान | परिवार र साथीसंगको मतभेद पनि समाप्त हुनेछ | धनको कारोवारमा होश पुर्याउनुहोला | स्वासथ्य ठिक रहनेछ |
१२, मीन :- आज आफुलाई सम्हाल्नु होला | आज तपाईंमा कुनै राम्रो खबरले खुशी प्रदान गर्नेछ | नोकरी तथा व्यापारमा कुनै राम्रो परिवर्तन पनि हुनसक्नेछ | राम्रो अनुभवीसंग सल्लाह लिनुहोला| सोचे अनुसारको काम पुराहुनेछ र धन लाभ पनि हुनेछ | कुनैकुरामा वादविवाद पनि पर्नसक्ला | ब्यापार तथा कार्यक्षेत्रमा कुनै समस्या पनि पर्नसक्ला | स्वासथ्य सामान्य रहनेछ |
***********************************************
(भाग्य भन्दा कर्म बलियो हुने हुनाले आफुले आँटेका काममा ध्यानपूर्वक लाग्नुहोला, अवश्य सफलता प्राप्त हुनेछ: ओएस नेपाल डटकम)
आज तपाईँको दिन मंगलमय रहोस् यहि शुभकामना । ओएस नेपाल डटकम कामना गर्दछ की तपाईको लागि आजको दिनमा विशिष्ट मुहूर्त हुनेछ । तपाईले वाहन खरिद गर्ने विचार गर्नुभएको छ अथवा कुनै नयाँ कामको विचार गर्नुभएको छ भने आज सफलता मिलोस् ।
ज्योतिष एवं धर्म को दृष्टि बाट यो दिनको विशेष महत्व छ । मुहूर्त तथा चौघडिको आधारमा ओएस नेपाल डटकम तपाईको लागि प्रतिदिनको मुहूर्त प्रस्तुत गर्नेछ

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top