भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

बलिउडमा घरेलु हिंसाका घटना धेरै सुनिने गर्छन्। हालै मात्र टिभी शो नच बलिएको विजेता बनेकी दलजीत कौरले पतिसंग अलग्गिएपछि घरेलु हिसा गरेको भनी पति विरुद्ध केस गरेकी छिन्।
daljit kaur 403837611
दलजीत एक वर्षको छोरा सहित अहिले एक्लै बस्दै छिन्। उनी झै बलिउडका अरु पनि नायिका छन् जो पति वा एक्स ब्यावफ्रेन्डको पिटाइको सिकार भएका छन्।
ऐश्वर्या राय बच्चन
aishwarya rai sad
ऐश्वर्या राय बच्चनले पनि आफ्नो पूर्व ब्वायफ्रेन्ड सलमान खान माथी मारपिटको आरोप लगाइसकेकी छिन्। एक पटक सुटिङको क्रममा सलमानले सेटमै गएर ऐश्वर्यालाई मारपिट गरेको खबर आएको थियो। त्यो समय कयौं पटक ऐश्वर्याको घरमै गएर रक्सीको नशामा तोडफड गरेका चर्चा पनि चलेका थिए। यी दुवैको अफेयर सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके’ को शूटिङको क्रममा चलेको थियो।
क्याट्रिना कैफ
katrina kaif hot sad
सन् २०१२ मा रिलिज भएको ‘एक था टाइगर’ को सुटिङको क्रममा सलमान खानले क्याट्रिना कैफको ड्रेस देखे, जुन निकै छोटो थियो। यही कुराले रिसाएर सलमानले क्याट्रिनामाथी हात उठाए। गाली गलौज गरे। नजिकै करिना कपुरको सुटिङ चल्दै थियो। करिना पुगेर स्थिति साम्य बनाएको खबर आएको थियो।
कंगना रनावट
kangana ranaut cute
यस्तै चर्चा कंगना रनावट र उनका एक्स ब्याव फ्रेन्ड आदित्य पञ्चोली बिच पनि चलेका थिए। आदित्यले कंगनालाई कालो जादु गर्ने भन्दै आफुलाई पिटेको अन्तर्वार्ता दिएका थिए। तर कंगनाले पनि आदित्यले आफुमाथी हातपात गर्ने गरेको बताएकी थिइन।
जिया खान
jiya khan face
जिया खानको मृत्यु पश्चात उनकी आमा राबियाले जियाको एक सुसाइड नोट सार्वजनिक गरेकी थिइन। जियाले ब्वायफ्रेन्ड सुरज पञ्चोलीको लागि लेखेकी थिइन, ‘मैले तिमीलाई माया गरे। बदलामा मलाई गाली र शारीरिक प्रताडना मिल्यो। मैले सबै सहे। तिमीलाई माया गर्दै रहेँ। म गर्भवति छु। तर तिमी पार्टी अनि केटीहरुमा हराएको छौँ। तिमीले मलाई धोका दियौं। जब तिमी यो पढ्दै गरेको हुनेछौ तबसम्म म सायद निकै टाढा पुगिसकेको हुनेछु।’
श्वेता तिवारी
sweta tiwari
टिभी कलाकार श्वेता तिवारीले सन् १९९८ मा राजा चौधरीसंग विवाह गरेकी थिइन। सन् २००७ उनको सम्बन्ध विच्छेद भयो। श्वेताले यस क्रममा राजाले आफुलाई मारपिट गर्ने आरोप लगाएकी थिइन। रक्सी पिएर राजा श्वेताको सुटिङ स्थलमा समेत जाने गरेका खबर आएका थिए। श्राेत – नेपाली हेडलाइन

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top