भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, साउन २४– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साउदीमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्न निर्देशन दिनु भएको छ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई टेलिफोन गरेर साउदी अरब र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तत्काल राहत र नेपाल आउने वातारण निर्माण गर्न निर्देशन दिनुभएको हो ।
अन्तराष्ट्रिय बजारमा तेलको मुल्यमा गिरावट आएपछि साउदीका विभिन्न कम्पनी बन्द हुने अवस्थामा पुगेका छन् भने धेरैले रोजगारी गुमाइरहेका छन् । लामो समय देखि तलव पाउन सकेका छैनन् । खान बस्न समेत समस्या छ घर फर्किन पाएका छैनन् ।
प्रधानमन्त्रीले साउदीमा सयौं नेपाली र श्रीलंकामा ४५ जना नेपाली महिला अलपत्र परेको समाचार आएको भन्दै यथार्थ बुझेर तत्काल उद्धारको काम थाल्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले सम्बन्धित देशको सरकार र दुतावाससँग समन्वय गरी यथाशिघ्र उनीलाई त्यही रोजगारीको व्यवस्था गर्न र त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउन पनि निर्देशन दिनुभएको हो ।
जवाफमा परराष्ट्र सचिवले प्रधानमन्त्रीको निर्देशन तत्काल कार्यान्यवन गर्ने बताउनुभयो ।साउदीमा नेपालीसँगै विभिन्न देशका कामदार रोजगार नपाएर अलपत्र परेका छन्

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top