भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
१, मेष :- सामाजिक र सामुहिक कामको लागि दिन शुभ रहेको छ l कुनै पुरानो काम नयां तरिकाबाट सुरुहुनेछ l अचानक आफ्नो काम पनि सफल हुनेछ l कुनै वादविवादमा पनि आफ्नो जित हुनेछ l कुनै यस्तो कुरा आफ्नो सामुमा आउला जसले आफ्नो सोचविचार नै परिवर्तन गर्नेछ र यो परिवर्तन आफ्नो लागि राम्रो पनि हुनेछ l पुरानो रकम पनि हात लाग्नेछ l विद्यामा सफलता मिल्ला l
२, वृष :- आफ्नो काममा आज सहयोग मिल्नेछ l काममा ध्यान दिनुहोला l आफन्त जनको सहयोगमा ब्यस्त पनि रहनु पर्ला l साथीभाई तथा प्रेमिका करण केहि त्याग्न पनि पर्न सक्नेछ l जीवन साथीबाट आज धेरै आशा नराख्नु होला तर दाम्पत्य जीवन सुखद रहनेछ l आर्थिक कारोवार सफल हुनेछन l विद्यामा केहि निरासता छाउला l पिता तथा आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला
३, मिथुन :- नोकरी र ब्यबसायको तनाव नाश हुनेछ l समयको साथ् अगाडी बढ्नुहोला पुराना समस्याको पनि समाधान हुनेछ l कोहि कसैको निम्ति केहि कुरा त्याग्न पनि पर्न सक्ला र त्यसबाट आफुलाई फाइदा पनि हुनेछ l कुनै चिज आफ्नो समर्थनमा रहला l नोकरी तथा ब्यबशायमा कुनै चुनौतिको सामना गर्नुपर्ला तर यसले फाइदा नै हुनेछ l ब्यापारमा सफलता मिल्नेछ l विद्यामा सफलता मिल्नेछ l थकानले सताउनेछ l
४, कर्कट :- आपसी समझदारी र सम्झौताको लागि दिन शुभ रहेको छ l जुन योजना आज बनेको छ उक्त योजना तर्फ़ आज अगाडी बढ्नुभएमा सफल हुनेछ l बिग्रेका स्थिति पनि आज सुधार्न कोशिस गर्नुहोला l कुनै नजिकका व्यक्तिबाट आज बिशेष सहयोग प्राप्त हुनेछ l कुनै विवाद चलिरहेकोमा आज बाट सम्झौता पनि हुन सक्नेछ l नोकरीमा लाभ मिल्नेछ l विद्यामा सफलता मिल्ला l पेटको समस्या पर्न सक्छ l
५, सिंह :- आज मन प्रशन्न र सन्तोषयुक्त हुनेछ l साथीभाईबाट महत्वपुर्ण काममा सहयोग मिल्नेछ र जसबाट खुशि पनि मिल्नेछ l आज ब्यस्त रहनुपर्ला l घरपरिवार प्रति ध्यान दिनु पर्ने तथा आफ्नो व्यक्तिगत जीवनका बारेमा सर-सल्लाह पनि हुनेछ l विभिन्न विवादहरुले एकाग्रतालाई भंग पनि गर्लान l आम्दानी बढ्ने योग पनि रहेको छ l विद्या र स्वास्थ्यमा आलस्यताले सताउने छ l
६, कन्या :- आफ्नो मनोवल र विचार सकारात्मक राख्नुहोला कुनै राम्रो खबर पनि मिल्न सक्नेछ l साथीभाई तथा आफ़न्तजनका साथ रोचक कुराकानी पनि हुनसक्ला l कार्यक्षेत्रमा कुनै ठुलो कदम पनि चाल्न सक्नुहुनेछ l कुनै यात्राको पनि सम्भावना रहेको छ l पैसाको कारोवार गर्दा सहयात्रीका साथ सल्लाह लिनुहोला l आर्थिक समस्या पनि समाधान हुनेछ l
विद्यामा सफलता मिल्नेछ l स्वास्थ्य सामान्य रहनेछ l
७, तुला :- आज दिन शुभदायक रहेको छ l सबै काम राम्रै संग सम्पन्न हुनेछन र काममा केहि परिवर्तन पनि गर्नुहुनेछ l पद र पैसाको लागि ठुलाबडा संग कुराकानी पनि गर्नुहोला l कार्यक्षेत्रमा सफलता मिल्नेछ l नोकरीमा बढुवाको सम्भावना पनि रहेको छ l कुराकानी गर्दा आफ्नो तरिका पनि बदल्नुहोला l साथीभाईबाट सहयोग मिल्नेछ l धन लाभ पनि हुनेछ l अनावश्यक खर्चबाट बच्नुहोला l विद्यामा मिहेनत गर्नुपर्ला l आमाको स्वास्थ्य केहि खराब हुनसक्ला l
८, वृश्चिक :- नोकरी र ब्यबशायका क्षेत्रमा रहेका समस्या समाधानका लागि दिन शुभ रहेको छ l केहि मिहेनतद्वारा रोकिएको धन पनि मिल्नेछ l अचानक आउने संकट तथा समस्या सामना गर्नको लागि तयार हुनुपर्नेछ र सफल पनि हुनुहुनेछ l कसैसंग पनि कुराकानी गर्दा श्प्रष्ट तथा इमान्दारितापुर्ण तरिका अपनाउनु होला l कुनै साथीभाईलाइ आर्थिक सहयोग पनि गर्नुपर्ला l अचानक धन लाभको योग पनि रहेको छ l पेट सम्बन्धि रोगले सताउला l
९, धनु :- पुरानो सम्पन्न भैसकेको कामबाट फाइदा मिल्नेछ l मनमा विभिन्न बिचारहरु आइरहनेछन l दिन सफलपार्नको लागी कोहि कसैलाई सहयोग गर्नुपर्ने हुन्छ l जरुरि काम गर्न पनि योजना बनाउन पर्ला l साथीभाई , परिवार व्यवशायिक सहयोगीद्वारा आवश्यकता पुरा हुनेछ l पुरानो साथीभाई बाट अचानक सहयोग मिल्नेछ l विद्यार्थीको लागि राम्रो खबर प्राप्त होला l स्वास्थ्य सामान्य रहनेछ l
१०, मकर :- जरुरि काम छिट्टै नै गर्नुहोला l पुरानो कुनै व्यक्तिसंग भेटघाट पनि हुन सक्नेछ l पुरानो मनको कुरा पनि ब्यक्त हुनेछ र नयां कुनै काम पनि हुन सक्नेछ l घरबाट कुनै व्यापार हुनेछ र फाइदा पनि हुनेछ l पारिवारिक समन्वय तथा सद्भाव बढ्नेछ l ब्यापारमा वृद्धि हुनेछ l आफन्तबाट केहि समस्या झेल्नु पर्ला सावधानी अपनाउनु होला l साझेदारी ब्यापारमा पनि सफलता मिल्ला l विद्यामा सफलता मिल्ला l स्वास्थ्य पहिला भन्दा राम्रो हुनेछ l
११, कुम्भ :- विभिन्न व्यक्तिहरुबाट विभिद सम्झौताहरु गर्न खोज्लान र केहि जानकारीहरु पनि प्राप्त हुनेछन l अकस्मात रुपमा साथीभाईहरु मिल्नेछन l घर परिवार जग्गा जमिनको क्षेत्रमा ध्यान दिनु होला l नोकरी र ब्यबशायमा कुनै नयां योजना गर्नबाट जोगिनुहोला l मिहेनत सकारात्मक नै हुनेछ l अन्य केहि बाधा अड्चनहरुलाई पनि झेल्नु पर्ला l दाम्पत्य जीवन सुखद रहनेछ l स्वास्थ्य केहि बिग्रला l
१२, मीन :- कामकाजमा ब्यस्त रहनु हुनेछ l कुनै फाइदाको लागि नयां काम पनि गर्नुहुनेछ र केहि अलमलमा परेको पनि आभाष हुनेछ l कुनै ठुलो जिम्मेवारी पनि मिल्न सक्नेछ l धेरै समस्याको समाधानको नजिक पनि पुग्नुहोला तर धैर्य रहनु होला भबिष्यमा अघि बढ्न मदत पुग्नेछ l परिवारको सदस्यको धेरै जिम्मेवारी पनि रहनेछ l पुरानो प्रेमी संग भेटघाट पनि होला l बिद्यार्थीको लागि मिहेनत गर्नुपर्ला l स्वास्थ्यको ख्याल गर्नुहोला l
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment