भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले वैदेशिक राजेगार प्रवद्र्धन बोर्डबाट कामदारको उद्धार र संरक्षणका निम्ती भन्दै लगेको लाखौं रुपैयाँ फजुल काममा खर्चेको खुलासा भएको छ ।
२०६९ फगुन ३० मा फिल्म निर्माता तुलसी घिमिरे मलेसिया गएका थिए । उनलाई तत्कालीन कार्यवहाक राजदूतले २ सय ५३ रिंगेट (करिब ७ हजार रुपैयाँ ) खर्चेर लञ्च दिएको विल वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट बेहोरिएको पाइएको छ । सोही मितिमा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल ३७ जनाको जम्बो टोली लिएर दूतावास पुगेका थिए उनीसहितको ४५ जनाकोृ सत्कारमा दूतावासले १ सय ७३ रिगेंट खर्चेको बिल देखिन्छ । त्यो श्रमिककै कोष हो । आर्थिक वर्ष २०७१/ ०७२ मा दूतावासले कामदाको उद्धार र कानूनी उपचारका निम्ती भन्दै २० लाख र अतिरिक्त कर्मचारीको अर्च भन्दै १८ लाख रुपैयाँ लगेको थियो । २०७२/ ०७३ मा २७ लाख रुपैयाँ लगेको छ । यी सहित ०६५ /०५५ देखिकै ७१ दाख ६८ हजार ८ सय ८ रुपैयाँ दूतावासले अहिलेसम्म झछ्र्यौट गरेको छैन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top