भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, १८ साउन । ९ महिनाअघि प्रधानमन्त्रीमा निर्वाचित हुनेवित्तिकै केपी शर्मा ओलीको पहिलो मन्त्रिरिषद बैठकले गरेको पहिलो निर्णय देशका अधिकांश ठाउँमा कार्यान्वयन भएको छ ।
प्रधानमन्त्री ओलीले पहिलो बैठकबाट देशभरका तुईन विस्थापित गर्ने निर्णय गर्दै झोलुंगे पुल निर्माणको काम थाल्न मातहतलाई निर्देशन दिएका थिए ।
यो निर्णयअनुसार अधिकांश जिल्लामा तुईन विस्थापित भइसकेका छन् भने केही जिल्लाहरुमा विस्थापित हुने क्रममा छन् । सरकारले धेरै ठाउँमा स्थानीय निकायमार्फत झोलुंगे पुल र तुईन विस्थापन गर्ने वैकल्पिक मार्ग निर्माण गरिरहेको छ ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलिडारका अनुसार ओली सरकारको निर्णपछि तुइन विस्थापन कार्य तिव्र रुपमा भइरहेको छ ।
धादिङमा तुइन विस्थापन, १७ झोलुंगे पुलको निर्माण सुरु
धादिङ । ग्रामीण भेगका नागरिकले तुइनका कारण सास्ती व्यहोरिरहेको र तुइन चुँडिएर मृत्यु हुने गरेकाले यहाँका सबै तुइन भएका स्थानमा पुल निर्माण सुरु गरिएको छ ।
नेपाल सरकारले घोषणा गरेको तुइन विस्थापन गरी पुल निर्माण गर्ने कार्य अन्तर्गत केही तुइन यस वर्षभित्र निर्माण गरिसक्ने तथा बाँकी आगामी वर्षमा सम्पूर्ण रुपले निर्माण गरिसक्ने योजना अनुसार काम भइरहेको झोलुङ्गे पुल डिभिजनका योजना प्रमुख कुमार थापाले बताउनुभयो ।
गजुरी गाविस र कुम्पुर गाविसलाई जोड्ने बिहानीपम्प नजिकैको पुल निर्माणका लागि जिविसले काम थालेको छ । त्यस्तै बैरेनी र कल्लेरी गाविस जोड्ने चिरौँदी दोभान, भुत्याहा, पिडा गाविस र कुम्पुर गाविस जोड्ने जरे, घाटबेंसी, बेनिघाट गाविस र सलाङ गाविस जोड्ने मालिङ्गा, जोगीमारा र गोरखा जिल्ला जोड्ने हुग्दीदोभान लगायत स्थानमा तुइन विस्थापन गरी पुल निर्माण थालिएको र बोलपत्र प्रक्रिया अघि बढाइसकिएको झोलुङ्गे पुल डिभिजनले जनाएको छ ।
नेपालभर नै तुइन भएको स्थानमा झोलुङ्गेपुल निर्माण गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न आफू लागिपरेको थापाको भनाइ छ । गत वर्ष छ पुल निर्माण भएको छ । एकचालिस वटा निर्माणाधीन छन् भने २८ पुलको बोलपत्र मूल्याङ्कन भइरहेकाले आगामी वर्षभित्र सबै स्थानमा पुल बनिसक्ने बताइएको छ ।
एक सय २० मिभन्दा माथिका पुल झोलुङ्गेपुल डिभिजनले निर्माण गर्छ भने सोभन्दा छोटो दूरीको पुल स्थानीय झोलुङ्गेपुल कार्यक्रम अन्तर्गत निर्माण गरिन्छ । जिल्लामा तुइन विस्थापन गर्न नौ पुल झोलुङ्गेपुल डिभिजनले निर्माण गर्नेछ भने स्थानीय झोलुङ्गेपुल कार्यक्रमले आठ पुल निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ ।
dainiknepal

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top