भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मुल्य घट्यो (सुचीसहित)
यस्ताे छ सुची
काठमाडौं, १८ साउन । पेट्रोलिमय पदार्थको मूल्य घटेको छ । नेपाल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्य घटाएको हो । पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ मुल्य घटाइएको छ ।
मंगलबार राती १२ बजेदेखि लागु हुने मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा पाइनेछ । यसअघि ९९ रुपैयाँ लिटरको पेट्रोलका २ रुपैयाँ मूल्य घटाइएको आयल निगमले जानकारी दिएको छ ।
यसैगरी डिजेल र मट्टितेल लिटरमा २ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७३ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७५ रुपैयाँमा पर्ने गर्थ्याे ।
एलपीजी ग्यासको १३ सय १५ रुपैयाँ पर्ने भएको छ । नयाँ मुल्य अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ सस्तो भएको हो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top